close

नेपाली बजारमा रियलमीको सस्तो फोन ‘सी२१ वाई’ सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असोज ४, २०७८ १७:५१

नेपाली बजारमा रियलमीको सस्तो फोन ‘सी२१ वाई’ सार्वजनिक हुँदै

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले ‘सी२१’ को नयाँ भेरियन्टको रूपमा ‘सी२१ वाई’ केही दिनमा सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

याे फाेन अन्तर्राष्ट्रिय बजारमा ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज र ३ जीबी र्‍याम तथा ३२ जिबी इन्टर्नल स्टाेरेज भेरयन्टमा उपलब्ध छ । नेपाली बजारमा दुवै भेरियन्ट उपलब्ध हुने या नहुने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

नेपाली बजारमा यसको मूल्य १५ हजार रूपैयाँकाे हारहारीमा हुने अनुमान छ ।

एन्ड्रोइड ११ मा चल्ने फाेनमा ६.५ इन्च आईपीएस एलसीडी डिस्प्ले रछ । त्यस्तै फाेनमा युनिसक टाइगर टी६१० चिपसेट छ ।

१३ मेगापिक्सेलको मुख्य सेन्सरसहित एआई ट्रिपल रियर क्यामेरा सेटअप रहेकाे फाेनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ ।

यसअघि कम्पनीले नेपाली बजारमा नयाँ चार स्मार्टफोन माेडल भित्र्याएकाे थियाे ।

कम्पनीले किफायती मूल्यका साथ रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसरका साथ रियलमी सी२०, ट्रिपल क्यामेरायुक्त रियलमी सी२१ र फ्लायागशिप मोडलको रुपमा रियलमी ८ नेपाली बजारमा उपलब्ध गराएकाे छ ।

सी सिरिज

रियलमीले ‘सी’ सिरिजअन्तर्गत एकैपटक दुई स्मार्टफोन भित्र्याएको छ । जसमा ‘सी२०’ र ‘सी२१’ रहेका छन् । जुन यसअघिको तुलनामा आकर्षण ब्याट्री र प्रोसेसरको साथ बजारमा उपलब्ध भएको दावी कम्पनीको छ । यदि दुवै स्मार्टफोनमा ६.५ इन्चको  डिस्प्ले रहेको छ ।

त्यसमध्ये रियलमी सी२१ बजारमा ४ जीबी र्‍याम र ६४ जीबी रोमका साथ उपलब्ध भएको छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोन रियलमी यूआई २.० प्लेटफर्ममा आधारित छ । यी दुवै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । एन्ड्रोइड टेनमा आधारित फोनमा मिडियाटेक हेलियो जी३५ प्रोसेसर छ ।

रियमी ८

कम्पनीले फ्ल्यागशिप स्मार्टफोनको रुपमा रियलमी ८ भित्र्याएको छ । इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ६.४ इन्चको सुपर एमाेलेड फुल स्क्रिन डिस्प्ले रहेको छ ।

हेलियो जी९५ चिपसेटमा आधारित फोन ६ जीबी प्लस ५ जीबी (DRE) र्‍याम रहेको छ । फोनमा एक सय २८ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीले गेमिङ स्मार्टफोनको रुपमा यसलाई बजारमा ल्याएको हो ।

चारवटा क्यामेरा रहेको उक्त फोन स्लिम डिजाइनका साथ आएको छ । ३० वाटको फास्ट चार्जिङ रहेको फोन ६५ मिनेटमा फुल चार्ज हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१