close

कम्प्युटरमा यसरी प्रयोग गर्नुहोस्, पासवर्ड बिनाको लगईन फिचर

टेकपाना टेकपाना

असोज ७, २०७८ ७:५०

कम्प्युटरमा यसरी प्रयोग गर्नुहोस्, पासवर्ड बिनाको लगईन फिचर

काठमाडौं । अहिलेको सूचना प्रविधिको जमानामा सुरक्षाको एउटा प्रमुख उपाय पासवर्ड नै हो । चाहे ल्यापटप, पीसी, स्मार्टफोन वा अन्य कुनै आधुनिक उत्पादन नै किन नहोस् ।

जसमा कुनै पनि प्रकारको प्राइभेसीको आवश्यकता हुन्छ । पासवर्ड इन्क्रिप्सन यस्तो फिचर हो जसले सुरक्षालाई कायम राख्न मद्दत गर्दछ । माइक्रोसफ्ट विन्डोजमा एउटा इन्टिग्रेटेड पासवर्ड प्रोटेक्सन फिचर छ, जसलाई जो कसैले इनेबल गर्न सक्छ ।

यद्यपि यस्ता कयौं उदाहरण छन्, तपाईंले सुरक्षित लगईनका लागि सेट गरिएको पासवर्ड बिर्सिने गरेको हुनसक्छ । विन्डोज १० संस्करणका लागि माइक्रोसफ्टले हालै मात्र पासवर्डलेस साइन इन फिचर घोषणा गरेको छ ।

जुन तपाईंका लागि उपयोगी हुनसक्छ । यसको नामबाटै प्रष्ट हुनेछ कि यो सफ्टवेयरले प्रयोगकर्तालाई पासवर्ड बिना नै आफ्नो इन्क्रिप्टेड ल्यापटप तथा पीसीमा पहुँच प्राप्त गर्ने अनुमति प्रदान गर्दछ ।

आज हामी तपाईंलाई यो सुविधा कसरी सुचारु गर्ने अथवा पासवर्ड बिना नै आफ्नो विन्डोज कम्प्युटरमा कसरी लग ईन गर्ने भन्ने विषयमा बताउँदै छौँ । कसरी प्रयोग गर्ने माइक्रोसफ्टको पासवर्डलेस फिचरको प्रयोग ?

पासवर्डलेस साइन इन फिचर हालका लागि विन्डोज १० होम एडिसनका लागि उपलब्ध छ । यस अघि यो सुविधा केवल इन्टरप्राइज तहका विन्डोज प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको थियो ।

यद्यपि अब सबै प्रयोगकर्ताले यो टुल निःशुल्क रुपमा उपयोग गर्न सक्छन् । साथै विन्डोज ११ होम एडिसनका लागि समेत यो फिचर उपलब्ध हुने बताइएको छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंसँग एउटा जेन्युन अर्थात आधिकारिक मााइक्रोसफ्ट अकाउन्ट भने हुन जरुरी छ ।

१. आफ्नो ल्यापटप वा कम्प्युटरमा कुनै एउटा वेब ब्राउजर खोल्नुहोस् र माइक्रोसफ्टको वेबपेजमा जानुहोस् अनि माइक्रोसफ्ट अकाउन्टमा लगईन गर्नुहोस् ।

२. अब सेटिङमा जानुहोस् र सेक्युरिटीमा क्लिक गर्नुहोस् ।

३. त्यसपछि एडिसनल सेक्युरिटी ट्याबलाई छनौट गर्नुहोस् ।

४. अब एडिसनल सेक्युरिटी ट्याब अन्तर्गत रहेको पासवर्डलेस अप्सन देखिनेछ । त्यसभन्दा अगाडि रहेको टर्न अनमा क्लिक गर्नुहोस् ।

५. यति गरिसकेपछि विन्डोज अपरेटिङ सिस्टम भएको ल्यापटप तथा कम्प्युटरमा पासवर्डलेस लगइनलाई इनेबल गर्नका लागि अन-स्क्रिन प्रक्रियाहरू पूरा गर्नुहोस् ।

यस बाहेक तपाईंले आफ्नो कम्प्युटर वा ल्यापटपमा लगईन गर्दाको समय फर्गेट पासवर्ड अप्सनसँगै अन-स्क्रिन चरण पालना गर्न पनि सक्नुहुन्छ । तर यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने उपरोक्त स्टेप तपाईंलाई केवल आफ्नो ल्यापटप वा कम्प्युटरमा बिना पासवर्ड एक्सेस प्रदान गर्न सहयोगी हुनेछन् ।

यदि तपाईंले कुनै अतिरिक्त पासवर्ड वा सुरक्षाको तह सेट गर्नु भएको छ भने तपाईंलाई त्यस्ता सेवा प्रयोग गर्दा सम्बन्धित पास-लकको आवश्यकता हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१