close

एन्ड्रोइड प्रयोगकर्ताका लागि जिमेलमा थपियो ‘सर्च फिल्टर’, ईमेल खोज्न थप सहज हुने

टेकपाना टेकपाना

असोज ७, २०७८ १६:१०

एन्ड्रोइड प्रयोगकर्ताका लागि जिमेलमा थपियो ‘सर्च फिल्टर’, ईमेल खोज्न थप सहज हुने

काठमाडौं । गुगलले जिमेलको मोबाइल भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसमार्फत ईमेल सर्च अझ बढी प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

सर्च अप्सनमा ‘सर्च फिल्टर’ थप गर्दै कम्पनीले नयाँ भर्सन सार्वजनिक गरेको हो । तर, पहिलो चरणमा यो फिचर सामसङका मोबाइल तथा ट्याब्लेटमा मात्रै उपलब्ध गराइएको छ ।

याे फिचरमार्फत प्रयोगकर्ताले विभिन्न मापदण्डमा रहेर ‘सर्च’ गर्नसक्ने छन् । त्यो हुँदा प्रयोगकर्ताले ईमेलमा खोजेका कुरा सहज रुपमा फेला पर्ने कम्पनीले जनाएको छ ।

गुगलले जिमेलमा उपलब्ध गराउन लागेको यो फिचर यसअघि नै सामसङले आफ्नो ईमेल सर्भिस ‘सामसङ ईमेल’मा उपलब्ध गराइसकेको छ ।

गुगलका अनुसार यो फिचर आइतबारदेखि केही प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ । भने, विस्तारै सामसङका सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

यो फिचर स्वतः लागू हुने जनाइएको छ । फिचर उपलब्ध भएको जानकारीका लागि भने प्रयोगकर्तालाई जीमेलमा एउटा नोटिफेकेशन प्राप्त हुने जनाएको छ ।

कम्पनीका अनुसार यो फिचर विस्तारै अन्य ब्राण्डका मोबाइलमा पनि उपलब्ध हुनेछ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१