close

६ हजारमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा

टेकपाना टेकपाना

असोज ९, २०७८ २२:२६

६ हजारमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा

काठमाडौं । ६ हजार रुपैयाँमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा पढ्न पाइने भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुमा भर्नाका लागि लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षा तथा अन्य विश्वविद्यालयले लिने प्रवेश परीक्षाको तयारी कक्षा क्ल्याम्पहुक एकेडेमीले सञ्चालन गरेको छ ।

असोज ११ गते सोमवारदेखि उक्त शैक्षिक संस्थाले र सर्वसुलभ शुल्कमा प्रवेश परीक्षाका अनलाइन तयारी कक्षाहरु सञ्चालन गर्ने भएको हो ।

प्रतिस्पर्धी बन्दै आएको इन्जिनियरिङ तथा आईटी क्षेत्रको प्रवेश परीक्षाको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।

शुक्रबारबाट कक्षा १२ को अन्तिम परीक्षा पनि सकिएको छ । यता आईओईले पनि स्नातक तहको अध्ययनका लागि प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

इन्जिनियरिङ तथा आईटी बिषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षाका लागि उपयुक्त वातावरण पाउन् र अनुभवी शिक्षकहरुबाट कक्षा लिएर नतिजा राम्रो ल्याउन सकुन् भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक इन्जिनियर विक्की छन्त्यालले बताए ।

खासगरी उपत्यका बाहिरबाट प्रवेश परीक्षाका कक्षाहरु लिन विद्यार्थीहरु काठमाडौं नै आउन नपरोस् र खर्चिलो नहोस् भन्ने उद्देश्यले अनलाइन कक्षा नै सञ्चालन गर्न लागेको उनले बताए ।

क्ल्याम्पहुकले अनलाइन कक्षाहरु सस्तो र सुलभ रुपमा सञ्चालन गर्ने दाबी गरेको छ । प्रवेश परीक्षाका लागि शुल्क रु. ६ हजार मात्रै तोकेको छ ।

यसैगरी विद्यार्थीहरुलाई विगतका परीक्षामा सोधिएका प्रश्नहरुबाट पनि अभ्यास गराउनुका साथै डिजिटल नोटको पनि व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रवेश परीक्षाका लागि आवश्यक हुने सामग्रीहरु पनि अनलाइन माध्यमबाट नै उपलब्ध गराउने संस्थाले जनाएको छ । हरेक वर्ष करिब १५ हजार विद्यार्थीले कम्प्युटरबाट लिइने इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा सहभागी हुँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१