close

अकमाइले ७१ अर्बमा खरिद गर्‍यो साइबर सेक्युरिटी कम्पनी गार्डिकोर

टेकपाना टेकपाना

असोज १४, २०७८ १६:७

अकमाइले ७१ अर्बमा खरिद गर्‍यो साइबर सेक्युरिटी कम्पनी गार्डिकोर

काठमाडौं । कन्टेन्ट डेलिभरी नेटवर्क(सीडीएन) सेवा प्रदायक अकमाइ टेक्नोलोजीले आफ्नो सर्भिसलाई अझ बढी सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ साइबर सेक्युरिटी कम्पनी गार्डिकोर खरिद गरेको छ । कम्पनीले ६ सय मिलियन डलर अर्थात करिब ७१ अर्बमा उक्त कम्पनी खरिद गरेको हो ।

अकमाइले विश्वका विभिन्न देशमा टिकटक, युट्युब लगायतका सेवा प्रदायकको क्यास सर्भर उपलब्ध गराउँदै आएको छ । नेपालमा पनि अकमाई क्यास सर्भर उपलब्ध रहेको छ । कम्पनीले गार्डिकोर इजरायलको साइबर सेक्युरिटी कम्पनी हो ।

जसले कम्पनीहरूको कर्पोरेट नेटवर्क, एप्लिकेशन लगायतमा हुनसक्ने साइबर हमलाबाट बचाउन माइक्रो–सेग्मेन्ट सोलुसन प्रदान गर्छ । अकमाइले आफ्नो जिरो ट्रस्ट सेक्युरिटी पोर्टफोलियो जस्तै वेब एप्लिकेशन फायरवाल, जिरो ट्रस्ट नेटवर्क एक्सेस, डोमेन नेम सिस्टम, फायरवाल र अकमाई सेक्योर वेब गेटवे जस्ता सर्भिसमा यसलाई पनि थप गरिने जनाएको छ ।

यसको उद्देश्य कम्पनीको सिस्टममा हुन सक्ने कमजोरीलाई केलाएर सुरक्षित गर्नु नै हो । सँगै कम्पनीले निर्माण गर्ने नयाँ प्रविधि तथा सिस्टममा सुरु देखी नै त्यसमा हुने कमजोरीलाई केलाउँदै सिस्टमलाई अझ बढी प्रभावकारी बनाउनका लागि पनि गार्डिकोर खरिद गरेको कम्पनीले जनाएका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५