close

म्याक्सले सुरु गर्‍यो डिजिटल गुरु प्रतियोगिता

टेकपाना टेकपाना

असोज १४, २०७८ २०:३८

म्याक्सले सुरु गर्‍यो डिजिटल गुरु प्रतियोगिता


काठमाडौं । म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ । डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिलाई भाग लिन आह्वान गर्दै कम्पनीले यसको सुरुवात गरेको हो ।

डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरूको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । ‘नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडिया सम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ,’ कम्पनीले भनेको छ, ‘तर हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्बन्धी त्यस्तो प्रतिभाको खोजीगरी उनीहरूलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेका छौं ।’

त्यसैले एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्यसहित डिजिटल हेडहण्टको रुपमा यसलाई अघि बढाइएको कम्पनीले जनाएको छ । जहाँ सहभागीले आफ्नो रुचिको विषयमा डिजिटल मिडिया सम्बन्धी प्रस्तुति प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसका आधारमा सबैभन्दा उत्कृष्ट गर्नेलाई विजेताको रुपमा घोषित गर्ने जनाइएको छ ।

विजेताले पाँच लाखसम्म पुरस्कार समेत प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन यहाँ क्लिक गरी दर्ता गर्न सकिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५