close

अब म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुपमा कुराकानी गर्न सक्ने

टेकपाना टेकपाना

असोज १५, २०७८ १०:४५

अब म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुपमा कुराकानी गर्न सक्ने

काठमाडौं । शुक्रबार फेसबुकले एकै पटक धेरै नयाँ फिचर सार्वजनिक गरेको छ । त्यसमध्ये ‘क्रस–एप ग्रुप च्याट’ ले धेरैको ध्यान केन्द्रित गर्न सफल भएको छ । यो सँगै अब फेसबुक म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै ग्रुप बनाएर कुराकानी गर्न सक्नेछन् ।

अघिल्लो वर्षमात्रै कम्पनीले इन्स्टाग्राम र फेसबुक म्यासेन्जर बिचमा कुराकानी गर्न सकिने गरि क्रस–एप म्यासेजिङ फिचरको सुरुवात गरेको थियो । त्यसलाई सुधार गर्दै कम्पनीले अब भने ग्रुप च्याटमै कुराकानी गर्न सकिने फिचर ल्याएको हो ।

यसका साथै फेसबुकले इन्स्टाग्रामको डाइरेक्ट म्यासेज(डीएम) मा पोल क्रियट गर्न सकिने फिचर पनि उपलब्ध गराएको छ । यो फिचर यस अघि फेसबुक म्यासेन्जरमा भने उपलब्ध थियो । त्यस्तै फेसबुक म्यासेन्जरमा ग्रुप टाइपिङ फिचर पनि थपिएको छ ।

यसको अर्थ ग्रुपमा भएका साथीहरूले कसले टाइप गरिरहेको छ भन्ने जानकारी प्राप्त हुने उल्लेख गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५