close

क्लबहाउसमा आउँदैछ रेकर्ड गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

असोज १५, २०७८ १६:४१

क्लबहाउसमा आउँदैछ रेकर्ड गर्न मिल्ने फिचर

काठमाडौं- भ्वाइसमार्फत् छलफल गर्न लोकप्रिय बनेको क्लबहाउसमा प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको एउटा फिचर आगामी महिनादेखि सुरु हुने भएको छ । क्लबहाउसले अक्टोबर महिनाको आफ्नो अपडेटमा भ्वाइस छलफललाई रेकर्ड गर्न मिल्ने फिचर सुरु गर्ने भएको छ ।

 
फिचरले प्रयोगकर्तालाई कुनै रुममा भएको कुराकानी एपमा रेकर्ड गर्न सकिने, आफ्नो प्रोफाइल वा क्लबमा सेभ गर्न मिल्ने र डाउनलोड पनि गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो । 


क्लबहाउसले भने यो फिचरलाई ‘रि–प्ले’ नाम दिएको छ । क्लबहाउसमा रुमका क्रियटर वा मोडरेटरले रेकर्ड गर्ने सुविधा पाउँछन् भने अरुलाई रेकर्ड गर्न दिने कि नदिने भनेर छनोटको विकल्प पनि यो फिचरमा हुनेछ । पब्लिक रुममा मात्रै यो फिचर उपलब्ध हुनेछ । 


प्रयोगकर्ताले रेकर्ड गरेको पूरा कुराकानीबाट सामाजिक सञ्जालमा सेयर गर्नको लागि ३० सेकेन्डको क्लिप पनि क्रियट गर्न सक्नेछन् । 
यो फिचरबाहेक क्लबहाउसले कुनै रुम, मानिस वा क्लबलाई कि–वर्डको आधारमा सर्च गर्न मिल्ने फिचर पनि ल्याउने भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५