close

फेसबुकको आफ्नै ओपनसोर्स टुल, जसले पत्ता लगायो ५० प्रतिशत बग

टेकपाना टेकपाना

असोज १६, २०७८ ८:५७

फेसबुकको आफ्नै ओपनसोर्स टुल, जसले पत्ता लगायो ५० प्रतिशत बग

काठमाडौं । एन्ड्रोइड एपहरूमा भएको बग पत्ता लगाउन फेसबुकले ‘मरियाना ट्रेन्च’ (Mariana Trench) नामक आफ्नो आन्तरिक सेक्युरिटी टुल बनाएको छ । यो टुल फेसबुकको सेक्युरिटी टिमले बग पत्ता लगाउन र समाधान गर्न प्रयोग गर्छ । केही महिना अगाडि मात्र फेसबुकले यो टुल गिटहब (GitHub) मार्फत सार्वजनिक गरेको थियो ।

तर औपचारिक रुपमा भने बुधबार मात्र सार्वजनिक गरेको हो ।  यो टुल फेसबुकले आन्तरिक रुपमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपहरूमा भएको बग पत्ता लगाउनको लागि प्रयोग गरिरहेको थियो ।

यो टुलले सोर्स कोड बिना नै एपहरूमा पहुँच राख‍ेर सोझै स्क्यान गर्न सक्छ । यो टुल फेसबुकले सार्वजनिक गरेको तेस्रो स्टाटिक कोड एनलाइजर हो । यो टुलले एपको कोडबेसलाई ट्रयाक गरेर त्यहाँ भएको समस्या पत्ता लगाउने काम गर्छ ।

ट्रयाक गर्ने क्रममा कहीँ कतै केही कमजोरी देखिएमा टुलले तुरुन्त डेभलपरलाई नोटिफिकेसन पठाउँछ र डेभलपरहरूले सोही नोटिफिकेसनको आधारमा बग खोजेर सामाधान गर्दछन् । कम्पनीका अनुसार अन्य स्टाटिक कोड एनलाइजर भन्दा यो बढी उपयोगी छ ।

किनभने यसले अरुभन्दा छिटो काम गर्न सक्छ । अन्य एनलाइजर भन्दा यो टुलले ४५ मिनेट भित्रै फेसबुकमा भएका सम्पूर्ण कोडबेस पत्ता लगाउन सक्छ । फेसबुकका अनुसार २०२१ को पहिलो छ महिनामा मात्र यो टुलको सहयोगमा कम्पनीले करिब ५० प्रतिशत सुरक्षा कमजोरीहरू पत्ता लगाउन सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५