close

होटेलमा क्यामेरा लुकाइएको छ कि छैन, थाहा पाउने सजिलो तरिका

टेकपाना टेकपाना

असोज १८, २०७८ ८:१५

होटेलमा क्यामेरा लुकाइएको छ कि छैन, थाहा पाउने सजिलो तरिका

काठमाडौं । यात्रामा जहिल्यै जोखिमको कुरा जोडिएर आउँछ । हामीले होटेलहरूमा क्यामेरा लुकाएर राख्ने गरिएका कुरा धेरै सुन्दै आइरहेका छौँ । यसले गर्दा कहीँ कतै भ्रमणमा जाँदा तपाईंले पनि होटलमा कतै क्यामेरा लुकाएर राखेको छ कि भन्ने त पक्कै पनि सोच्नु भएको होला ।

यो समस्याको समाधानको लागि एक साइबर सुरक्षा विज्ञले एउटा उपाय दिएका छन्, जसको सहयोगमा होटलका कोठाहरूमा क्यामेरा लुकाएर राखेको छ कि छैन भनेर हामी पत्ता लगाउन सक्छौँ । सामाजिक सञ्जालमा माल्वेयरटेक भनेर चिनिने पूर्व ह्याकर मार्कुस हचिन्स सन् २०१७ मा विश्वभरका हजारौं कम्प्युटरहरूलाई ‘वान्न क्राइ’ (रुन चाहन्छौ ?) भन्ने र्‍यानसमवेयर आक्रमणबाट जोगाउने ह्याकरको रुपमा पनि चिनिन्छन् ।

उनै माल्वेयरटेकले आफ्नो इन्स्टाग्राम र टिकटक मार्फत होटलका कोठाहरूमा क्यामेरा लुकाएर राखेको छ कि छैन भनेर पत्ता लगाउने सकिने उपाय सुझाएका हुन् । यस सम्बन्धी उनको भिडिओ दुई करोड ७३ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

उक्त क्लिपमा उनले होटलको आफ्नो कोठामा क्यामेरा अथवा अन्य कुनै रेकर्डिङ डिभाइस भएनभएको पत्ता लगाउन टर्च लाइटको प्रयोग गर्न सुझाव दिएका छन् ।

@malwaretech Reply to @safarijackza How to find hidden cameras in AirBnBs #safety #travel ♬ original sound – Marcus Hutchins

आफू बसेको कोठामा रहेको फायर अलार्म अथवा घडी लगायतमा टर्च लाइट बालेर देखाउँदै उनले भनेका छन्, ‘यस्ता शंकास्पद डिभाइसहरूमा तपाईंले टर्च लाइट बालेर हेर्नु भयो र यदि त्यहाँ क्यामेरा राखिएको छ भने क्यामेराको लेन्सले निलो रङ्गको प्रतिविम्ब दिन्छ ।’

यसरी टर्च लाइट देखाउदा तपाईंले शंका गर्नुभएको डिभाइसमा निलो परावर्तन देख्नु भयो भने त्यो क्यामेरा हो भनेर थाहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५