close

नेपालमा सार्वजनिक भयो शाओमीको पहिलो फाइभजी स्मार्टफोन ‘इलेभेन लाइट एनई फाइभजी’

टेकपाना टेकपाना

असोज १८, २०७८ १६:४

नेपालमा सार्वजनिक भयो शाओमीको पहिलो फाइभजी स्मार्टफोन ‘इलेभेन लाइट एनई फाइभजी’


काठमाडौं । चिनियाँ ब्राण्ड शाओमीले नेपाली बजारमा आफ्नो पहिलो फाइभजी फोनको रुपमा ‘शाओमी ११ लाइट एनई ५ जी’ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले शोओमी इलेभेन सिरिजमा नयाँ उत्पादनका रुपमा यो फोन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।

१२ ओटा फाइभजी ब्याण्ड सर्पोट गर्ने यो फोनमा क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसर रहेको छ । शाओमीले कम्पनीको नयाँ ब्राण्डिङ अनुसार पहिलो स्मार्टफोनको रुपमा इलेभेन लाइट एनई फाइभजी नेपालमा भित्र्याएको हो ।

‘विगत केही वर्ष देखि, विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादनहरू प्रस्तुत गर्ने हाम्रो निरन्तर प्रयासले प्रिमियम सेगमेन्टमा सफलता प्राप्त गर्न हामी सफल भएका छौं,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘मी लाइटको सार्वजनिक सँगै हाम्रा ग्राहकका लागि प्रिमियम डिजाइनमा उत्कृष्ट प्रोडक्ट प्रस्तुत गरेका छौं । साथै फाइभ जी भेरियन्टमा स्मार्टफोन भित्र्याउने हाम्रो प्रतिवद्धता पनि पुरा गरेका छौं ।’

आकर्षण डिजाइन

पातलो फोनको रुपमा कम्पनीले शाओमी इलेभेन लाइट एनई फाइभ जी भित्र्याएको छ । यसको तौल १५८ ग्राम छ । ६.५५ इन्चको एफएचडी एमोलेड डटडिस्प्ले रहेको फोनमा स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड ग्लास प्रयोग गरिएको छ ।

कर्भ्ड आर्क डिजाइन युक्त फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर उपलब्ध रहेको छ । स्क्रिनको सुरक्षाका लागि फोनमा कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रयोग गरिएको छ ।

उत्कृष्ट प्रविधि

फोनमा क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसर रहेको छ । जसले गेम खेल्ने प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान जनाइएको छ । स्मार्टफोनमा लिक्विड कुल टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले गर्दा गेम खेल्दा तात्ने समस्या पनि नहुने दावी कम्पनीको छ । फोनले १२ ओटा फाइभजी ब्याण्ड सर्पोट गर्नेछ ।

कम्पनीले स्मार्टफोनको दीर्घकालिन प्रयोगका लागि तीन वर्षसम्म एन्ड्रोइड अपडेट र ४ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउने जनाइएको छ । यो फोन डल्बी भिजन नेटफ्लिक्सबाट प्रमाणित छ ।

जसले प्रयोगकर्तालाई डल्बी भिजन सपोर्ट गर्ने नेटफ्लिक्सका कन्टेन्टको मज्जा लिन मद्दत गर्ने जनाइएको छ । फोनमा ४२५० एमएएच क्षमताको ब्याट्री छ । जुन ३३ वाटको फास्ट चार्जिङ सिस्टमका साथ २० मिनेटमा ५० प्रतिशत चार्ज हुने जनाइएको छ ।

क्यामेरा

ट्रिपल क्यामेरा सेटअप युक्त फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड र ५ मेगापिक्सेलको टेली–म्याक्रो क्यामेरा रहेको छ । त्यस्तै सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

मूल्य तथा उपलब्धता

शाओमी इलेभेन लाइट एनई फाइभजी डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्लयाक गरी चार कलर भेरियन्टमा नेपालमा उपलब्ध भएको छ । जसको बजार मुल्य (८ जीबी र्‍याम २५६ जीबी रोम) ४८ हजार ९ सय ९९ रुपैयाँ र (८ जीबी र्‍याम १२८ जीबी रोम) को मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५