close

यस्ता छन् नेटफ्लिक्सका सर्वाधिक लोकप्रिय १० सिरिज र फिल्म, तपाईंले हेरेका कति ?

टेकपाना टेकपाना

असोज १८, २०७८ १७:३८

यस्ता छन् नेटफ्लिक्सका सर्वाधिक लोकप्रिय १० सिरिज र फिल्म, तपाईंले हेरेका कति ?

काठमाडौं । नेटफ्लिक्सले हालै आफ्नो स्ट्रिमिङमा सबैभन्दा धेरै हेरिएका टेलिभिजन कार्यक्रम र फिल्मको सूची सार्वजनिक गरेको छ । तीमध्ये क्रिस हेम्सवर्थ र रणदीप होड्डा अभिनित चलचित्र ‘एक्सट्रयाक्सन’ सबैभन्दा धेरै हेरिएको चलचित्रमा परेका छन् ।

सबैभन्दा धेरै हेरिएको कार्यक्रममा ब्रिजर्टन सिजन १ परेको छ । प्रिमियर भएको २८ दिनभित्र यो कार्यक्रम आठ करोड २० लाख सब्सक्राइबरले हेरेको नेटफ्लिक्सले जनाएको छ । त्यस्तैगरी, दोस्रो सर्वाधिक हेरिएको सिरिजमा फ्रेन्च सिरिज ‘लुपिन’ परेको छ ।

‘एक्स्ट्रयाक्सन’ भने ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको २८ दिन भित्र नौ‌ करोड ९० लाख सब्सक्राइरले हेरका छन् । अर्को सर्वाधिक हेरिएको फिल्ममा थ्रिलर फिल्म ‘बर्ड बक्स’ र कमेडी फिल्म ‘स्पेन्सर कन्फिडेन्सियल’ छ । यद्यपि सबैभन्दा बढी समय हेरिएको मुभी भने ‘बर्ड बक्स’ रहेको नेटफ्लिक्सले जनाएको छ ।

नेटफ्लिक्समा सबैभन्दा धेरैजनाले हेरेका मुभी र सिरिज:

सिरिज 

ब्रिड्जटन सिजन-१ 

लुपिन पार्ट-१ 

दि वीचर सिजन-१

सेक्स/लाइफ सिजन-१ 

स्ट्रेन्जर थिङ्स सिजन-३ 

मनी हाइस्ट पार्ट-४ 

टाइगर किङ सिजन-१ 

दि क्विन्स ग्यामबिट 

स्वीट टुथ सिजन-१ 

एम्ली इन पेरिस सिजन १ 

फिल्म 

एक्स्ट्रयाक्सन 

बर्ड बक्स 

स्पेन्सर कन्फिडेन्सियल 

सिक्स अन्डरग्राउण्ड 

मर्डर मिस्ट्री

दि ओल्ड गार्ड 

इनोला होम्स 

प्रोजेक्ट पावर 

आर्मी अफ दि डेड 

फादरहुड 

सबैभन्दा धेरै समय हेरिएका १० मुभि र सिरिजहरू 

सिरिज 

ब्रिड्जटनः सिजन १ 

मनी हाइस्टः पार्ट ४ 

स्ट्रेन्जर थिङ्सः सिजन ३ 

दि विचरः सिजन १

थर्टिन रिजन्स ह्वाइः सिजन १ 

थर्टिन रिजन्स ह्वाइः सिजन २

‘यु’: सिजन २ 

स्ट्रेन्जर थिङ्स: सिजन २ 

मनी हाइस्ट: पार्ट ३ 

गिन्नी एण्ड जर्जिया सिजन १ 

मुभी 

बर्ड बक्स 

एक्सट्रयाक्सन 

दि आइरिस म्यान 

दि किसिङ बुथ २ 

सिक्स अन्डरग्राउण्ड 

स्पेन्सर कन्फिडेन्सियल 

इनोला होम्स 

आर्मी अफ दि डेड 

दि ओल्ड गार्ड 

मर्डर मिस्ट्री

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५