close

कर्मचारीमाथि रङ्गभेदको आरोपमा टेस्लालाई १६ अर्ब जरिवाना

टेकपाना टेकपाना

असोज २०, २०७८ ७:३१

कर्मचारीमाथि रङ्गभेदको आरोपमा टेस्लालाई १६ अर्ब जरिवाना

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई १३७ मिलियन डलर अर्थात १६ अर्ब भन्दा बढी जरिवाना तोकिएका छ । क्यालिफोर्निया स्थित कम्पनीको प्रोडक्सन युनिटमा कार्यरत कर्मचारीमाथि भेदभाव तथा जातीय दुर्व्यवहार भएको भन्दै अदालतले जरिवाना तोकेको हो ।

कम्पनीका पूर्व कर्मचारी ओवेन डियाजले आफूमाथि भेदभाव तथा जातीय दुर्व्यवहार भएको भन्दै न्यायकालागि मुद्दा दर्ता गराएका थिए । सान फ्रान्सिस्को स्थित फेडरल कोर्टले सोमबार डियाजको पक्षमा निर्णय सुनाएको हो । डियाज सन् २०१५ देखी २०१६ सम्म टेस्लामा कार्यरत थिए । आफूमाथि भेदभाव तथा जातीय दुर्व्यवहार भएको भन्दै उनले सन् २०१७ मै अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दामा उनले कम्पनीमा कार्यरत कर्मचारीले आफूलाई कालो वर्णको भएकाले अफ्रिका गए हुने भन्ने गरेको बताएका थिए । साथै कम्पनीमा आफूमाथि हुने व्यवहार पनि असामान्य रहेको समेत उनले दर्ता गराएको मुद्दामा खुलाइएको थियो । मुद्दा दर्ता गरेको चार वर्ष पश्चात निर्णय आएपछि उनले कम्पनीमा हुने भेदभावलाई रोक्न नसके पश्चात राजिनामा दिएर अदालत पुगेको बताएका छन् ।

मुद्दा दर्ता भएको चार वर्ष पश्चात सोमबार मात्रै यो विषयमा निर्णय भएको हो । जसमा अदालतले दण्डनीय क्षतिको रुपमा १३० मिलियन डलर र उनको भावनामा असर परेको भन्दै ६.९ मिलियन डलर जरिवाना तोकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५