close

चिप अभावका कारण सामसङका फोल्डेबल फोन आपूर्तिमा समस्या

टेकपाना टेकपाना

असोज २८, २०७८ ११:३६

चिप अभावका कारण सामसङका फोल्डेबल फोन आपूर्तिमा समस्या

काठमाडौं । सामसङको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फ्लिप थ्रीले राम्रो बजार लिइरहेको छ । कम्पनीले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्नसमेत सफल भएको छ ।

अझै पनि बजारमा यी दुई प्रडक्टको माग बढिरहेकाे छ । तर, पर्याप्त मात्रमा उत्पादन नहुँदा फोन आपूर्तिमा समस्या देखिएको छ । कम्पनीले बजारको मागअनुसार प्रडक्ट पुर्‍याउन सकेको छैन ।

यसको प्रमुख कारण विश्वबजारमा देखिएको चिप अभाव हो । चिप अभाव हुँदा फोल्डेबल फोनको उत्पादन मागअनुसार हुन नसकेको कम्पनीले जनाएको छ ।

त्यो हुँदा कम्पनीको फोल्डेबल फोनको मागको तुलनामा केही मात्रामा मात्रै बजारमा फोन उपलब्ध भइरहेको छ ।

हुन त कम्पनीले चिप अभावलाई कम गर्न आफ्नो ग्यालेक्सी नोट फ्ल्यागशिपको उत्पादन हाललाई रोकेको छ । यसका साथै सामसङ ग्लालेक्सी एस२१ एफई सिरिजको स्मार्टफोन सार्वजनिक गर्न पनि ढिलाइ गर्दै आएको छ ।

यसका बावजुद पनि कम्पनीले फोल्डेबल फोनको माग पुरा गर्न सकेकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१