close

आईफोनमा प्रयोग भएको पासवर्ड लिक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

असोज ३१, २०७८ १८:३

आईफोनमा प्रयोग भएको पासवर्ड लिक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । पासवर्ड भनेको हाम्रो सुरक्षाको पर्खाल हो । गोपनियता राख्न पासवर्ड राख्ने गरिन्छ । तर, पासवर्ड नै लिक भयो भने हामीले धेरै कुरामा दुःख पाउन सक्छौं ।

आफूले प्रयोग गरेको पासवर्ड दोहोरिएको छ वा लिक पो भएको छ कि भनेर थाहा पाउने धेरै तरिका छन् ।

त्योमध्ये सबैभन्दा सजिलो तरिका भने आईफोनमा जाँच गर्न सकिन्छ । कसैले आफ्नो आईफोनमा प्रयोग गरेको पासवर्ड पहिल्यै लिक भइसकेको छ कि वा अरुले प्रयोग गरेको पासवर्ड आफूले प्रयोग गरिएको पो छ कि भनेर थाहा पाउन निकै सजिलो छ ।

आईओएस १५ प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो थाहा पाउन निकै सजिलो छ ।

आफ्नो आईफोनको ‘सेटिङ्स’ मा गएर ‘पासवर्ड’ भन्ने अप्सनमा जानुहोस् । त्यहाँ तल रहेको ‘पासवर्ड रेकमेन्डेसन’ मा तपाईंको पासवर्ड कत्तिको जोखिममा छ भनेर देखाइएको हुन्छ ।

तपाईंको पासवर्ड लिक भएको वा दोहोरिएको छ भने त्यहाँ देखाइएको हुन्छ । तपाईंको पासवर्ड जोखिममा रहेको छ भनेर देखाइयो भने तत्कालै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२