close

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमको अटम अफर सार्वजनिक

टेकपाना टेकपाना

असोज ३१, २०७८ १९:५६

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमको अटम अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।

सो अफर भोलि सोमबारदेखि तीन महिनासम्म लागू हुनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डेटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा एड–अन–प्याकको रुपमा खरिद गर्न सक्नेछन् ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डेटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ, जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन ।

यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन–प्याककै रुपमा खरिद गर्न सक्नेछन् ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सक्नेछन् ।

यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन–प्याक खरिद गर्न सक्नेछन् ।

यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डेटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डेटा सेवा उपलब्ध गराउनेछ ।

सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन–प्याककै रुपमा खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर

यसमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डेटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

प्रतिदिनका लागि उपलब्ध १ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर

यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ ।

प्रतिदिनका लागि उपलब्ध २ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर

यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

प्रतिदिनका लागि उपलब्ध ४ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

यसमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन–प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आईपीटिभी अफर

यसैगरी एफटीटीएच आईपीटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डेटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ ।

यसअन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबीपीएस रु.१७,१०० र ८० एमबीपीएस रु.२२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेटटप बक्स उपलब्ध गराउने छ ।

यही सेवा ३ महिनाका लागि २५ एमबीपीएसको रु.४,१०० मा ४० एमबीपीएसको रु.५,५०० मा र ८० एमबीपीएसको जम्मा रु.७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस रु.१,४००मा, ४० एमबीपीएस रु.१,८५० मा र ८० एमबीपीएस जम्मा रु.२,४५० मा उपलब्ध हुनेछ ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डेटा सेवामात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबीपीएस डेटा रु.१,००० मा, ४० एमबीपीएस डेटा रु.१,५०० मा र ८० एमबीपीएस डाटा रु.२,००० मा उपलब्ध हुनेछ ।

यी सेवाहरु ३ महिनाका लागि लिँदा २५ एमबीपीएस डेटा रु.२,८५० मा, ४० एमबीपीएस लिँदा रु.४,२०० मा र ८० एमबीपीएसलाई रु.५,५०० मा लिन सकिनेछ ।

यो सेवा वार्षिकरुपले लिँदा २५ एमबीपीएसको रु.१०,५०० मा, ४० एमबीपीएसको रु.१५,३०० मा र ८० एमबीपीएसको रु.२०,५०० मा उपलब्ध हुनेछ ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डेटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।

एफटीटीएचबाट डेटा सेवामात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ ।

यसमा डेटा सेवामात्र एक वर्षका लागि लिँदा ५० एमबीपीएसको रु.२४,८०० मा, ८० एमबीपीएसको रु.३२,८०० मा र १०० एमबीपीएसको रु.४०,८०० मा उपलब्ध हुनेछ ।

३ महिनाको लागि डेटा सेवा लिँदा ५० एमबीपीएसको रु.१२,६०० मा, ८० एमबीपीएसको रु.१६,५०० मा र १०० एमबीपीएसको रु.२०,००० मा उपलब्ध हुनेछ । एक महिनाका लागि ५० एमबीपीएसको रु.४,५०० मा, ८० एमबीपीएसको रु.६,००० मा र १०० एमबीपीएसको रु.७,५०० मा उपलब्ध हुनेछ ।

यसैगरी डेटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आईपीटिभी प्याक उपलब्ध गराउने भएको छ ।

यसमा एक महिनाका लागि सेवा लिँदा ५० एमबीपीएसको रु.५,१७८ मा, ८० एमबीपीएसको रु.६,६७८ मा र १०० एमबीपीएसको रु.८,१७८ मा उपलब्ध हुनेछ ।

३ महिनाको सेवा लिँदा ५० एमबीपीएसको रु.१४,५२३ मा, ८० एमबीपीएसको रु.१८,४२३ मा र १०० एमबीपीएसको रु.२१,९२३ मा उपलब्ध हुनेछ ।

एक वर्षको सेवा लिँदा ५० एमबीपीएसको रु.३१,३०९ मा, ८० एमबीपीएसको रु.३९,३०९ मा र १० ०एमबीपीएसको रु.४७,३०९ मा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२