close

यस्ता छन् विण्डोज ११ का नयाँ शर्टकट की

टेकपाना टेकपाना

असोज ३१, २०७८ २१:५५

यस्ता छन् विण्डोज ११ का नयाँ शर्टकट की

काठमाडौं । केही साताअघि सार्वजनिक भएको विण्डाेज ११ मा प्रयोगकर्ताले धेरै नयाँ फिचर पाउन सक्छन् । नयाँ फिचरसँगै विण्डाेज ११ मा ती फिचर प्रयोगको लागि नयाँ शर्टकट की पनि थपिएका छन् ।

यस्तो शर्टकट कीको प्रयोगले प्रयोगकर्ताको समय बचत हुन्छ भने स्मार्ट तरिकाले विण्डोज ११ चलाउन सकिन्छ । 

विण्डोज ११ का केही नयाँ सर्टकट की यस्ता छन् । 

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् । 

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ का प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ । 

विण्डोज की र ए (Windows+A)

विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा पुग्न सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ । 

विण्डोज की र जेड  (Windows+z)

विण्डोज ११ मा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ । 

विण्डोज की र सी (Windows+C)

विण्डोज ११ मा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२