close

धारामा पानी आएन ? अब अनलाइनबाटै गुनासो टिपाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक १, २०७८ ९:३६

धारामा पानी आएन ? अब अनलाइनबाटै गुनासो टिपाउनुहोस्

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अनलाइन प्रणालीमार्फत उपभोक्ताले गुनासो र सुझाव पठाउन सकिने सुविधा सुरू गरेको छ ।

सोमबार एक सूचना गर्दै प्राधिकरणले कम्पनीको वेबसाइटबाट उपभोक्ताले धारामा पानी नआएको, पानी वितरण तालिका, खानेपानी चुहावट भएको, पानी गुणस्तर परीक्षण, ट्यांकर सेवा, ढल जाम भएको आदि सम्बन्धी गुनासो वा सुझाव पठाउन सक्ने जनाएकाे छ ।

साथै यसउपर कम्पनीबाट गरिएका कामकारबाहीबारे जानकारी लिन सकिने गरी विभिन्न प्रणालीको परीक्षण सुरू गरिएको छ ।

  1. Online Grievance Handling System
  2. KUKL Mobile App
  3. Branchwise facebook pages
  4. Self Meter Reading System

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२