close

गुगलको पिक्सेल सिक्स सिरिज आज सार्वजनिक हुँदै, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १७:५७

गुगलको पिक्सेल सिक्स सिरिज आज सार्वजनिक हुँदै, कस्ता होलान् फिचर ?

काठमाडौं । गुगलले आज आफ्नो नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्दैछ । नेपाली समयअनुसार राति १०ः४५ मा एक कार्यक्रम गर्दै कम्पनीले ‘गुगल पिक्सेल सिक्स’ र ‘गुगल पिक्सेल सिक्स प्रो’ गरी दुई मोडलमा स्मार्टफोन सार्वजनिक गर्नेछ ।

सार्वजनिक हुनुअघि नै यी दुवै फोनका विशेषता अनलाइनमा लिक भइसकेका छन् । लिक भएका विवरणअनुसार पिक्सेल सिक्स सिरिजमा गुगलकै टेन्सर चिप प्रयोग भएको छ । साथै टाइटन एमटु सेक्युरिटी चिपसहित यी स्मार्टफोन उपलब्ध हुनेछन् ।

पिक्सेल सिक्स र पिक्सेल सिक्स प्रोमा ३० वाटको वायर्ड फास्ट चार्जिङ सपोर्ट रहने छ । यद्यपि कम्पनीले फाेनसँगै चार्जर उपलब्ध नगराउने चर्चा छ ।

यी दुवै फोन एन्ड्रोइड १२ मा चल्नेछन् । स्रोतका अनुसार यी फोनले चारवटा मुख्य एन्ड्रोइड ओएस अपडेट र पाँच वर्षका लागि सेक्युरिटी प्याच पाउनेछन् ।

पिक्सेल सिक्स प्रो ६.७ इन्च एलटीपीओ ओएलईडी डिस्प्लेसहित आउनेछ भने यसले १० हर्जदेखि १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्नेछ ।

त्यसैगरी स्ट्यान्डर्ड मोडल (पिक्सेल सिक्स) मा ६.४ इन्चको ओलएलईडी डिस्प्ले रहनेछ ।

यी दुवै फोनमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस रहनेछ ।

धुलो र पानीबाट बचाउन यसमा आईपी६८ रेटिङ रहने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार यी फोनमा फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर हुनेछ, जसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्योमरा सेटअप हुनेछ ।

पिक्सेल सिक्स प्रोमा फाेर एक्स (4x) अप्टिकल जुमसहित टेलिफोटो सेन्सर हुनेछ ।

लिक भएको रिपोर्टलाई आधार मान्ने हो भने यी फोनमा ‘म्याजिक इरेजर’ फिचर हुनेछ, जसको प्रयोग गरी तपाईंले फाेटाेमा नचाहिएको वस्तु र व्यक्तिलाई सजिलै हटाउन सक्नुहुन्छ ।

त्यस्तै प्रो भर्सनमा २३ वाटको वायरलेस फास्ट चार्जिङ र सस्तो मोडलमा २१ वाटको वायरलेस फास्ट चार्जिङ रहने छ ।

गुगल पिक्सेल सिक्सको मूल्य ८४९ डलर र प्रो मोडलको मूल्य १०९९ डलर हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२