close

गुगल र फेसबुक त्यस्ता ठाउँ हुन्, जहाँ व्यक्तिको प्रतिभा मर्दै जान्छ: मस्क

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १०:३८

गुगल र फेसबुक त्यस्ता ठाउँ हुन्, जहाँ व्यक्तिको प्रतिभा मर्दै जान्छ: मस्क

काठमाडौं । टेस्ला तथा स्पेसएक्समा मालिक एलन मस्कले पुनः एक पटक ठूला टेक कम्पनीमाथि प्रहार गरेका छन् । ट्वीटरमा जस्तोसुकै विषयमा पनि कमेन्ट गर्न भ्याउने उनले ठुलो टेक कम्पनी फेसबुक, अमेजन र गुगललाई पनि बाँकी राखेका छैनन् ।

यसअघि उनले अमेरिकाका राजधानीमा भएको हिंसामा फेसबुकका मालिक मार्क जुकरबर्ग गरेको पोस्टमा कमेन्ट गर्दै त्यसको विरोध गरेका थिए । त्यतिमात्रै नभएर उनले अमेजनले कोरोना भाइरस सम्बन्धी किताब प्रकाशनमा सेन्सर गरेको आरोप समेत लगाएका थिए ।

यसरी ठूला टेक कम्पनीमाथि नै प्रश्न उठाउँदै आएका उनले अहिले पुनः दुई ठूलो टेक कम्पनी फेसबुक र गुगललाई एकै पटक निशाना बनाएका छन् । उनले ट्वीटरमार्फत गुगल र फेसबुकजस्ता कम्पनीमा व्यक्तिको प्रतिभा विस्तार हुनुका साटो भएको प्रतिभा पनि मर्दै जाने ठाउँ भएको बताएका छन् ।

जेडी रोस नामक ट्वीटर प्रयोगकर्ताले ‘गुगलको कमजोरी भनेको २२ वर्षे युवाहरूलाई भोलिका दिनमा आफ्नो संस्थासँग प्रतिस्पर्धा गर्न सक्ने संस्थापक बनाउनुभन्दा पनि करियर केन्द्रित बनाउनु हो,’ भन्दै ट्वीट गरेका थिए ।

उक्त प्रयोगकर्ताको ट्वीटमा कमेन्ट गर्दै मस्कले धेरैजसो ठूला टेक कम्पनी विस्तारै व्यक्तिमा भएको क्षमता मार्ने स्थान भएको बताएका छन् । उनको उक्त कमेन्टमा धेरै ट्वीटर प्रयोगकर्ताले के टेस्ला तथा स्पेसएक्स चै फरक छ ? कसरी टेस्लाले व्यक्तिको प्रतिभा नमर्ने यकिन दिलाउन सक्छ ? भनेर प्रश्न गरेका छन् । तर, त्यसको जवाफ भने मस्कले दिएका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२