close

एक महिनादेखि ला पाल्मा ज्वालामुखीमा फसेका कुकुरलाई ड्रोनमार्फत उद्धार गरिँदै

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ ११:४४

एक महिनादेखि ला पाल्मा ज्वालामुखीमा फसेका कुकुरलाई ड्रोनमार्फत उद्धार गरिँदै

काठमाडौं । स्पेनको क्यानरी टापुमा आएको ला पाल्मा ज्वालामुखीका कारण फसेका तीन कुकुरको ड्रोनमार्फत उद्धार गरिने भएको छ ।

गएको सेप्टेम्बरमा आएको उक्त ज्वालामुखीको लाभाले घेरिएर बसेका ती कुकुरको अवस्था नाजुक बन्दै गएपछि ड्रोनमार्फत उद्धार गर्न तयारी भएको हो ।

उक्त स्थानमा ५० वर्षपछि गत सेप्टेम्बरमा ज्वालामुखी आएको थियो । जसमार्फत हजारौं मानिस प्रभावित भएका थिए । उक्त ज्वालामुखीको प्रभाव अझै बाँकी रहेको छ । भने, ज्वालामुखीबाट निस्किएका लाभा अझै उस्तै रहेका छन् ।

यस्तोमा स्पेनिस ड्रोन अपरेटर एरोक्यामेरा नामक संस्थाले ड्रोनमार्फत ज्वालामुखीमा फसेका कुकुरको उद्धार गर्ने तयारी गरेको हो ।

कम्पनीका अनुसार उक्त ड्रोनले साथमा खान लिएर जानेछ । त्यसले कुकुरहरूलाई विस्तारै ड्रोनसँग अभ्यस्त बनाउन मद्दत पुग्नेछ । कुकुर ड्रोनसँग अभ्यस्त भएसँगै ती कुकुरमाथि जाली फाली बाँधेर सुरक्षित साथ बाहिर ल्याइने छ ।

यसका लागि कम्पनीले स्थानीय नियामकसँग सहकार्य गरी उद्धार कार्यका लागि अनुमति समेत लिइसकेको जनाइएको छ । त्योसँगै कम्पनीले उद्धारका लागि सोही खालको परीक्षण पनि सफल गरिसकेको जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२