close

म्यासेन्जरमा सुरु भयो ग्रुप इफेक्ट फिचर, सबैले एउटै एआरको अनुभव लिन सक्ने

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ ८:५५

म्यासेन्जरमा सुरु भयो ग्रुप इफेक्ट फिचर, सबैले एउटै एआरको अनुभव लिन सक्ने

काठमाडैं । फेसबुक म्यासेन्जरले ग्रुप इफेक्ट फिचर थप गरेको छ । यो फिचरले म्यासेन्जरको भिडियो कलमा सहभागी सबैले एकै पटक एउटै आगुमेन्टेड रियालिटीको अनुभव गर्न सक्ने छन् । यो फिचर अहिले म्यासेन्जरको भिडियो कल, म्यासेन्जर रुममा उपलब्ध हुनेछ ।

इन्स्टाग्राममा पनि यो फिचर चाँडै आउने फेसबुकले जनाएको छ । अहिले म्यासेन्जर प्रयोगकर्ताले ७० वटा यस्ता इफेक्ट प्रयोग गर्न पाउनेछन् । अहिले म्यासेन्जरमा भएको आगुमेन्टेड रियालिटी फिचरमा एक समयमा एक सहभागीले एउटा इफेक्ट प्रयोग गर्न सक्ने सुविधा छ । अब भने म्यासेन्जरको भिडियो कलमा सहभागी सबैले एकै पटक एउटै इफेक्टको अनुभव लिन सक्नेछन् ।

यो बाहेक म्यासेन्जरमा अन्य साना साना फिचर पनि थपिने कम्पनीले जनाएको छ । फेसबुकका अनुसार चाँडै नै वर्ड इफेक्ट फिचर पनि म्यासेन्जरमा आउनेछ । सुरुमा आइओएस डिभाइसमा उपलब्ध हुने यो फिचरले म्यासेन्जरमा कुनै निश्चित शब्दको प्रयोग गर्दा त्यसलाई विभिन्न इफेक्टमा ढाल्न सकिने सुविधा दिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२