close

मोबाइल बैंकिङ कारोबार एक वर्षमै चार गुणाले बढ्यो

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १८:३०

मोबाइल बैंकिङ कारोबार एक वर्षमै चार गुणाले बढ्यो

काठमाडौं । नेपालमा एक वर्षमा मोबाइल बैंकिङबाट हुने कारोबारको संख्या दोब्बरले बढेको छ भने कारोबार रकम झण्डै चार गुणाले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको यो आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याङ्कअनुसार मोबाइल बैकिङको कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

डिजिटल भुक्तानीको अभ्यास बढेसँगै अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् ।

योसँगै यो आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र दुई करोड ६३ लाख ४१ हजार ८ पटक मोबाइल बैंकिङबाट कारोबार भएको थियो ।

जब कि गत वर्षको सोही समयमा एक करोड १८ लाख ८४ हजार ७५० पटक मोबाइल बैंकिङ कारोबार भएको थियो ।

यो आर्थिक वर्षको कुल कारोबारमध्ये एक करोड ३० लाख ९९ हजार १८९ पटक साउन महिनामा भएको थियो भने एक करोड ३२ लाख ४१ हजार ८१९ पटक कारोबार भदौ महिनामा भएको थियो ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको कारोबार हेर्ने हो भने साउनमा ५९ लाख २३ हजार ४११ पटक र भदौमा ५९ लाख ६१ हजार ३३९ पटक कारोबार भएको थियो ।

कारोबारको संख्या दोब्बरले बढेको भए तापनि कारोबार रकम भने झण्डै चार गुणाले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पहिलो दुई महिनामा मोबाइल बैंकिङबाट करिब एक खर्ब ४७ अर्ब १८ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

जब कि गत आर्थिक वर्षको सोही समयमा ३८ अर्ब ७३ करोड ३० लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

यो आर्थिक वर्षको साउन महिनामा मात्र ७२ अर्ब ८७ करोड ३० लाखको मोबाइल बैंकिङ मार्फत कारोबार भएको थियो भने भदौ महिनामा ७४ अर्ब ३१ करोड हारहारीको कारोबार भएको थियो ।

गत आर्थिक वर्षको साउन महिनामा भने १८ अर्ब ३९ करोड ३० लाख र भदौ महिनामा २० अर्ब ३४ करोड हाराहारीको कारोबार भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१