close

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १५:३

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले प्राविधिक समस्या देखिएकाले मर्मतका लागि अनलाइन आवेदन प्रणाली बन्द गरिएको जनाएको छ ।

‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको जानकारीसमेत दिएको छ ।

करिब ६ महिनापछि गत सोमबारदेखि मात्र अनलाइन आवेदन प्रणाली खुलाइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१