close

चिप अभावले डिजाइन निर्माणमा ढिलाइ हुँदा एप्पलले गुमायो ६ अर्ब डलर

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ ८:३६

चिप अभावले डिजाइन निर्माणमा ढिलाइ हुँदा एप्पलले गुमायो ६ अर्ब डलर

काठमाडौं । चिप अभाव हुँदा र डिभाइस निर्माणमा ढिलाइ हुँदा एप्पलले ६ अर्ब डलर आम्दानी गुमाएको प्रमुख कार्यकारी अधिकृत टिम कुकले दाबी गरेका छन् । 

एप्पलका सीईओ कुकले सीएनबीसीसँगको एक अन्तर्वार्तामा बजार शृङ्खलामा आएको अवरोध र डिभाइस उत्पादनमा ढिलाइ हुँदा कम्पनीले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै ६ अर्ब डलर आयको अवसर गुमाएको बताएका हुन । आगामी त्रैमासिकमा यसको असर थप बढी हुने उनको अनुमान छ ।  

कम्पनीले भर्खरै मात्र नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीको आइफोनको नयाँ सिरिज आइफोन थर्टीन्, थर्टीन् प्रो, आईप्याड मिनी, एप्पल वाच सिरिज सेभेन भर्खरै सार्वजनिक भएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१