close

क्लबहाउसको फिचर कपी गर्दै ट्विटर, अब ‘स्पेश’ को कुराकानी रेकर्ड गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १०:१

क्लबहाउसको फिचर कपी गर्दै ट्विटर, अब ‘स्पेश’ को कुराकानी रेकर्ड गर्न सकिने

काठमाडौं । अडियो सोसल मिडिया क्लबहाउसको जस्तै फिचर स्पेश सुरु गरेको ट्विटरले अब प्रयोगकर्तालाई स्पेशमा भएको कुराकानी रेकर्ड गर्ने सुविधा पनि दिने भएको छ । क्लबहाउसमा पनि अघिल्ला महिना यो फिचर सुरु भएको थियो । 

ट्विटरको स्पेशका होस्टले स्पेशमा भएको कुराकानी रेकर्ड गर्न र सेयर गर्न सक्ने सुविधा दिने भएको हो । अहिले यो सीमित प्रयोगकर्तालाई उपलब्ध भएको र भविष्यमा सबै प्रयागकर्तालाई उपलब्ध हुने कम्पनीले जनाएको छ । 

स्पेशमा होस्टले रेकर्ड अन गरेपछि त्यहाँ भएका प्रयोगकर्तालाई पनि जानकारी हुनेछ । 

गत साता मात्रै ट्विटरले स्पेशलाई सबै प्रयोगकर्तामाझ उपलब्ध गराउन सुरु गरेको थियो । यसअघि ट्विटरमा ६ सय भन्दा बढी फलोअर भएका प्रयोगकर्ताले मात्रै ट्विटरको होस्ट हुन पाउथे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१