close

तिहारमा स्मार्टडोकोबाट ब्रान्डेड सामान अर्डर गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १६:३१

तिहारमा स्मार्टडोकोबाट ब्रान्डेड सामान अर्डर गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

काठमाडौं । ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारको समयमा स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, अक्सेमबर्ग, सीजी, टिपटप, ब्ल्याक एन्ड डेकर, हर्नबुल, भर्जिन्स, लुमिनार्क जस्ता ब्रान्डका समान खरिद गर्ने ग्राहकलाई ६० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।

यसपटक ग्राहकहरूले भाइको कोसेली, बहिनीलाई उपहार, धन्तेरस, घरमा तिहार जस्ता छुटका विभिन्न विकल्प प्राप्त गर्नेछन् । स्मार्टडोकोले ‘हाम्रो स्मार्ट तिहार’ अफरमा आफ्ना ग्राहकलाई इलेक्ट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एप बाट अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोमा दश हजारभन्दा बढी प्रडक्टहरू रहेका छन् ।

ग्राहकले कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड तथा ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर गरी दश फरक क्याटेगोरीका सामानहरू खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामानको डेलिभरी पाउने कम्पनीले जनाएको छ ।  

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्कमा सामान डेलिभरी सुविधा पाउने बताइएको छ । यो अफर १२ कात्तिक २०७८ देखि १६ कात्तिक २०७८ सम्म लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१