close

वाणिज्य बैंकले माग्यो ८३६ कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ ८:४

वाणिज्य बैंकले माग्यो ८३६ कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले ठूलो सङ्ख्यामा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले आफ्ना देशभरका कार्यालयमा विभिन्न १४ पदमा ८३६ जना कर्मचारीका लागि दरखास्त खुलाएको हो ।

विभिन्न तह र पदमा लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न आवेदन माग गरिएको वाणिज्य बैंकले जनाएको छ । आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूले यही कात्तिक १५ देखि अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् ।

साथै परीक्षा दस्तुर समेत राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, खल्ती, नमस्ते पे जस्ता अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकले यसपटकको परीक्षामा दस्तुर नगद बुझ्ने व्यवस्था गरेको छैन ।

इच्छुक व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा उल्लेखित निर्देशन अनुरूप अनलाइन आवेदन भर्न सक्नेछन् । अनलाइन आवेदन भर्ने मिति कात्तिक १५ देखि मंसिर १२ सम्मका लागि तोकिएको छ । बैंकले लिखित परीक्षाको पाठ्यक्रम आफ्नो वेबसाइटको नोटिसभित्र रहेको क्यारियर नोटिसमा राखेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१