close

अनलाइन शपिङ गर्दा ध्यान दिनुपर्ने ६ कुरा

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १६:१८

अनलाइन शपिङ गर्दा ध्यान दिनुपर्ने ६ कुरा

काठमाडौं । पछिल्लो समय नेपालमा समेत अनलाइनबाट सामान खरिद गर्ने प्रचलन बढेको छ । विशेषगरी कोभिड-१९ को पहिलो लहरसँगै अनलाइन कारोबार तथा अनलाइन शपिङमा उल्लेख्य वृद्धि भएको छ ।

कोभिडको समयमा घरभित्र बस्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले पनि अनलाइन शपिङकाे अभ्यास बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले पनि पछिल्लो समय अनलाइन शपिङ उल्लेख्य मात्रामा बढ्दै गएको देखाउँछ ।

अनलाइनमार्फत कुनै पनि सामान खरिद गर्दै हुनुहुन्छ भने केही महत्त्वपूर्ण कुराहरू छन्, जसलाई तपाईंले ख्याल राख्नैपर्ने हुन्छ ।

अन्यथा तपाईंमाथि कुनै पनि प्रकारको धोका हुनसक्छ । यसको अर्थ तपाईं अनलाइन ठगीको शिकार बन्न सक्नुहुन्छ । त्यसैले अनलाइन शपिङ गर्दा केही निश्चित विषयहरूमा विचार पुर्‍याउनैपर्ने हुन्छ ।

आज हामी तपाईंलाई अनलाइनबाट स्मार्टफोन, इलेक्ट्रिक सामान वा अन्य कुनै चिजवस्तु खरिद गर्दा विचार पुर्‍याउनैपर्ने केही विशेष कुरा यो भिडिओमार्फत जानकारी दिँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१