close

कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्दै राष्ट्रिय सहकारी बैंक

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ ८:५०

कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्दै राष्ट्रिय सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्ने भएको छ । यसका लागि बैंकले कोर बैंकिङ सफ्टवेयर परिवर्तन गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।

सूचना अनुसार न्यूनतम पाँच वर्ष अनुभव भएका र हाल नेपालमा कम्तिमा दुईवटा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेको सफ्टवेयर सेवाप्रदायकहरुले आवेदन गर्न सक्नेछन् ।

हाल नेपाली बैंकिङ क्षेत्रमा अधिकांश वाणिज्य बैंकले विदेशी सफ्टवेयर प्रयोग गरिरहेका छन् भने विकास बैंकहरुले समेत आफ्नो सफ्टवेयरलाई स्तरोन्नती गर्ने क्रम बढ्दो छ ।

बैंकले हालै भुक्तानी सेवाप्रदायक/सञ्चालकसँग सम्झौता गरी सहकारी क्षेत्रमा डिजिटाइजेसन सम्बन्धी कार्य अगाडि बढाएको छ ।

राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको एक मात्र बैंक हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१