close

के तपाईंले विन्डोज ११ अपग्रेड गर्नुभयो ?

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ १९:१२

के तपाईंले विन्डोज ११ अपग्रेड गर्नुभयो ?

विन्डोज ११ आएको पनि एक महिनाभन्दा बढी भइसक्यो । यद्यपि कतिपय प्रयोगकर्ता भने माइक्रोसफ्टको अस्पष्ट तथा झन्झटिलो किसिमको मापदण्डका कारण दुबिधामा रहेको पाइन्छ । त्यसो त यो नयाँ प्लेटफर्मसँगै केही नयाँ रोचक फिचर पनि आएका छन् ।

हामीले यसमा एन्ड्रोइड एपको सपोर्ट पाएका छौँ । स्टार्ट मेनु र टास्कबारको परिष्कृत डिजाइनसँगै विन्डो स्नापको नयाँ लेआउट पनि यसमा छ । के यी फिचरले तपाईंलाई विन्डोज ११ तर्फ आकर्षित गरिरहेका छन् ? कृपया कमेन्ट गर्नुहोला ।

हुन त तपाईंले अहिलेसम्म विन्डोज ११ मा अपग्रेड नगर्नुको कारण हामी बुझ्न सक्छौँ । विन्डोज ११ मा केही दुबिधाका विषयहरू छन् । यो नयाँ सिस्टमका लागि केही कसिलो किसिमको मापदण्ड तोकिएको छ ।

यसको अर्थ यो विन्डोज १० को जस्तो सहज पहुँचमा छैन । विन्डोज ११ को नयाँ स्वरूप पनि कतिपयलाई मन नपरेको हुनसक्छ । केही सन्दर्भमा गेमिङ पर्फर्मेन्सले गर्दा समेत पुरानै अपरेटिङ सिस्टममा अड्कनु परिरहेको हुनसक्छ ।

अर्कोतर्फ के कुरा निश्चित छ भने थुप्रैलाई विन्डोज ११ को कुल डिजाइनले अपग्रेडका लागि आकर्षित पनि गरिरहेकै छ । माथि उल्लेखित एन्ड्रोइड एप सपोर्ट, अपग्रेड गरिएका नेटिभ एप र माइक्रोसफ्ट सर्भिसको मजबुत इन्टिग्रेसन तथा अन्य विषयले समेत यसप्रति तपाईंलाई आकर्षित गरेको हुनसक्छ । 

यस्तोमा तपाईंको कमेन्टको आधारमा दुविधा अन्त्य गर्न र विन्डोज ११ मा अपग्रेड हुन परिरहेको कठिनाइमा सहज हुनेगरी आगामी दिनमा आवश्यक टिप्स तथा भिडिओ सामग्री ल्याएर आउने छौँ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५