close

आईफोनका लागि चिप आपूर्ति गर्न आईप्याड उत्पादनमा ५० प्रतिशत कटौती गर्दै एप्पल

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १०:१८

आईफोनका लागि चिप आपूर्ति गर्न आईप्याड उत्पादनमा ५० प्रतिशत कटौती गर्दै एप्पल

काठमाडौं । विश्वमा यतिबेला चिप सबैभन्दा बहुमूल्य वस्तु बनेको छ । कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ । चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप उत्पादन गर्दा पनि बजारलाई धान्न सकिरहेको छैनन् ।

यस्तोमा कतिपय देशले चिप उत्पादन गर्ने कम्पनीलाई सहुलियत समेत प्रदान गरेका छन् । भने, केही कम्पनीले चिप उत्पादन गर्न नयाँ प्लान्टसमेत निर्माण गरिरहेका छन् ।

त्यो हिसाबले आउँदा दिनमा चिपको अभाव विस्तारै कम हुने अनुमान गरिए पनि अहिलेको माग आपूर्ति गर्न नसक्दा कम्पनीहरूले चुनौती भोगिरहेका छन् ।

जसबाट सबैभन्दा बढी अटो तथा मोबाइल क्षेत्र प्रभावित भएको छ । भने, इलेक्ट्रिक उत्पादनमा पनि यसले निकै नै ठूलो असर पारेको छ ।

यस्तोमा धेरै कम्पनीले आफ्नो उत्पादन नै कटौती गरिरहेका छन् ।

यसैबीच एप्पलले पनि चिपकै कारण उत्पादन कटौती गरेको छ । हालै बाहिरिएका खबरअनुसार एप्पलले आईप्याडको उत्पादनमा ५० प्रतिशत कटौती गरेको छ ।

गत सेप्टेम्बरमा सार्वजनिक भएका नयाँ संस्करणका आईफोन मोडलको उत्पादनमा असर परेसँगै कम्पनीले आईप्याड उत्पादनलाई कटौती गरेर आईफोन १३ मा उक्त चिप खपत गरिरहेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५