close

ब्राण्डिङमा आक्रामक बन्दै मेटा, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा देखिन थाल्यो लोगो

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १०:४२

ब्राण्डिङमा आक्रामक बन्दै मेटा, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा देखिन थाल्यो लोगो

काठमाडौं । फेसबुकले अघिल्लो महिनाबाट कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । यस अघिसम्म फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको मुख्य कम्पनी ‘फेसबुक ईंक’ को ठाउँमा अब मेटा हुनेछ ।

सोहीअनुसार कम्पनीले इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप लगायतका प्रडक्टमा यसअघि देखिने फेसबुकको नामलाई परिवर्तन गरेर मेटा देखाउन सुरु गरेको छ ।

कम्पनीले इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप लगायतका एपको नयाँ भर्सन सार्वजनिक गर्दै मेटा ब्राण्डिङ सुरु गरेको हो ।

यो सँगै यसअघि ह्वाट्सएप खोल्दा ‘ह्वाट्सएप फ्रम फेसबुक’, फेसबुक खोल्दा ‘फेसबुक फ्रम फेसबुक’ भनेर देखिने स्थानमा ‘ह्वाट्सएप फ्रम मेटा’। ‘फेसबुक फ्रम मेटा’ भनेर देखिन थालेको छ । 

यसका साथै एपको भित्री सेटिङमा देखिने फेसबुकसमेत हटाएर मेटा राखिएको छ । कम्पनीले मेटाभर्सलाई जनाउने उद्देश्यका साथ अघिल्लो महिना मात्रै कम्पनीको नाम परिवर्तन गरेको थियो । भने नयाँ नामसँगै कम्पनीले त्यसको ब्राण्डिङको काम अघि बढाइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५