close

टिकटकमा आफूलाई मनपर्ने भिडिओ मात्र हेर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १८:४३

टिकटकमा आफूलाई मनपर्ने भिडिओ मात्र हेर्ने तरिका

काठमाडौं । सामाजिक सञ्जालको बजारमा चर्चित एप हो, टिकटक । छोटो भिडिओको लागि चर्चित टिकटक एपमा अन्य पुराना प्लेटफर्म जस्तै इन्स्टाग्राम र ट्वीटरमा आफूले फलो गरेको अकाउन्टको मात्र पोस्टहरू हेर्न मिल्ने सुविधा छैन ।

टिकटकले तपाईंलाई त्यही देखाउँछ, जे उसलाई लाग्छ कि तपाईंलाई सो पोस्ट मन पर्न सक्छ । टिकटकको मेन पेजलाई “फर यु” पेज भनिन्छ जसको अर्थ हो, तपाईंको लागि भन्ने हो र यो पेज वास्तवमै तपाईंका लागि हो ।

टिकटकमा प्रयोग हुने अल्गोरिदमले तपाईंले हेर्नुभएको केही भिडिओको आधारमा तपाईंको रुचि अनुमान गरी अर्को पटकदेखि तपाईंको फर यु पेजमा तपाईंका रुचि अनुसारको भिडिओ नै आउने बनाइदिन्छ । यद्यपि त्यो तपाईंको रुचि नहुन पनि सक्छ । यो एकैछिनमा हुने कुरा भने होइन ।

टिकटकले तपाईंको लामो समयको गतिविधिलाईं हेरेर तपाईंको फर यु पेज तयार गर्दछ । तर यदि तपाईं टिकटकको नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको फर यु पेजमा चाहेको जस्तो भिडियो कसरी हेर्न सकिन्छ त ? तपाईंको टिकटक अकाउन्ट नयाँ हुदा सुरुमा तपाईंको फर यु पेजमा भाइरल भएका भिडियोहरू मात्र देखा पर्छन् । 

डिस्कभर ट्याब

ट्रेन्डिङमा आएको भिडिओ थाहा पाउन डिसकभर ट्याब प्रयोग गर्नुहोस् । टिकटक सुरु गरेपछि स्क्रिनमा तल्लोपट्टि रहेको डिस्कभर बटनमा गएर टेन्ड्रिङमा रहेका भिडिओ प्रयोग गर्न सकिन्छ । पछिल्ला दिनहरूमा ट्रेन्डिङमा आएका भिडियोहरू हेर्न सकिन्छ । 

सर्च ट्याब प्रयोग गर्नुहोस् 

ट्रेन्डिङमा रहेका भिडिओहरू तपाईंलाई मन परेको छैन भने सर्च ट्याबमा गएर आफूले चाहेको विषय, गीत, व्यक्ति आदि टाइप गरेर सर्च गर्न सकिन्छ । चाहेको भिडियोहरूसँग सम्बन्धित ह्याशट्याग प्रयोग गरेर पनि आफूले चाहेको जस्तो भिडियो हेर्न सकिन्छ ।

त्यस्तै आफूलाई मन परेको भिडिओ लाइक गर्नुभयो भने पनि अर्को पटक देखि टिकटकले तपाईंलाई सोही सँग सम्बन्धित भिडियोहरू फर यु पेजमा देखाइदिन्छ । त्यस्तै आफूलाई मन परेको मान्छेलाई फलो गरेर पनि मन परेको भिडिओ हेर्न सकिन्छ । 

साउन्डमा क्लिक गर्नुहोस् 

तपाईं जति टिकटक प्रयोग गर्दे जानुहुन्छ, त्यति नै यसको अल्गोरिदमले तपाईंका रुचिलाई चिन्दै जान्छ र तपाईंको फर यु पेज तयार गर्दछ । तपाईंले आफूलाई मन परेको साउन्डमा क्लिक गरेर अथवा सर्च गरेर पनि सो साउन्डमा बनेका भिडिओ हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५