close

लिपुलेक र लिम्पियाधुरामा स्याटेलाइटमार्फत जनगणना गर्ने तयारी

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ ८:३२

लिपुलेक र लिम्पियाधुरामा स्याटेलाइटमार्फत जनगणना गर्ने तयारी

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ आजदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् ।

यसैबीच केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि कुटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

यस अवधिमा कुटनीतिक प्रयासबाट उक्त क्षेत्रमा जनगणना गर्न सकिने वातावरण बन्ने श्रेष्ठले अपेक्षा गरे ।

सोही स्थानमा गणक जान नसके स्याटेलाइटको माध्यमबाट सो क्षेत्रमा घर को गणना गर्ने र एउटा घरमा औषत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१