close

दुर्घटनामा पर्‍यो बेटा भर्सनको टेस्लाको स्वचालित कार

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ २१:२४

दुर्घटनामा पर्‍यो बेटा भर्सनको टेस्लाको स्वचालित कार

काठमाडौं । बेटा मोड रहेको टेस्लाको ‘फुल सेल्फ-ड्राइभिङ’ (एफएसडी) अर्थात पूर्ण स्वचालित कार टेस्ला मोडेल वाई दुर्घटनामा परेको छ । लस एन्जल्सको दक्षिणी सहर ब्रेअमा नोभेम्बर ३ तारिखका दिन उक्त कार पहिलो पटक दुर्घटनामा परेको हो ।

द भर्जमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार दुर्घटनाबाट कोही पनि घाइते नभएको तर गाडीमा भने क्षति पुगेको बताइएको छ । ‘नेसनल हाइवे ट्राफिक एड्मिनिस्ट्रेसन’ले दुर्घटनाको जानकारी गराएको थियो ।

त्यसपश्चात टेस्लाको अटोपाइलट सिस्टममा विभिन्न तहमा अनुसन्धान भइरहेको बताइएको छ । मोडेल वाईका सवारी धनीकै कारण उक्त दुर्घटना हुन पुगेको उल्लेख छ ।

तालिम बिनाका सवारी धनीमार्फत् पूर्ण स्वचालित असिस्टेन्स सफ्टवेयरको परीक्षण गर्ने टेस्लाको निर्णय अहिले निकै आलोचित बनेको छ । अहिले कम्पनीले सफ्टवेयरमा रहेको बग समाधान गर्न सफ्टवेयरको रोलआउट रद्द गरिसकेको छ ।

टेस्लाका सवारी धनीले एफएसडी बेटा प्रयोग गरिरहेका थुप्रै भिडिओ अनलाइनमा देखिएका थिए । केही क्लिपमा ड्राइभर असिस्ट सिस्टमले ढुक्कसाथ गाडी हाँकेको देखिन्थ्यो भने केहीमा कार गलत लेनमा गएको अथवा अन्य किसिमका गम्भिर गल्ती गरिरहेको देखिन्थ्यो ।

नाम एफएसडी भए पनि यो चाहिँ पूर्ण स्वचालित ड्राइभिङ सिस्टम भने होइन । यसमा सवारीचालकले सडकमा चनाखो किसिमले आँखा लगाउँदै र आफ्नो हात स्टेरिङमा राखेर एकदमै सचेत रुपमा निगरानी गर्नुपर्ने हुन्छ ।

लेभल २ को रुपमा सूचीकृत अटोमोटिभ इन्जिनियरिङमा उच्च रुपमा स्वचालित ड्राइभिङ सिस्टम भएका सवारीलाई अझै पनि मानव निगरानी आवश्यक पर्छ । लेभल ५ लाई सवारीले आफैँ जतासुकै, जुनसुकै अवस्थामा कुनै पनि किसिमको मानव निगरानी बिना ड्राइभ गर्न सक्ने व्याख्या गरिएको छ ।

अमेरिकी सरकारले अटोपाइलटबाट (आफैँ गुड्ने प्रविधि) गुडाइएको कार दुर्घटनाको विषयमा छानविन गर्दै टेस्लामाथिको आफ्नो रुचिलाई परिवर्तन गरेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२