close

इन्डक्सन चुलो र विद्युतीय गाडीका लागि सहुलियत कार्यक्रम ल्याउँदै प्राधिकरण

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १४:५२

इन्डक्सन चुलो र विद्युतीय गाडीका लागि सहुलियत कार्यक्रम ल्याउँदै प्राधिकरण

बुटवल । नेपाल विद्युत प्राधिकरणले इन्डक्सन चुलो र विद्युतीय गाडी सहुलियत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपभोक्ताका घरमा विद्युत् क्षमता बढाउन अभियान नै सञ्चालन गर्न लागेको बताएका छन् ।

घिसिङले आन्तरिक विद्युत खपत बढाउन घरघरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियान सुरू गर्न लागेको बताए ।

पेट्रोलियम पदार्थको मूल्य बढेको अहिलेको अवस्थामा विद्युतीय उत्पादनको प्रयोग ५० देखि ६० प्रतिशत सस्तो पर्ने उनको भनाइ थियो ।

६ महिनाभित्र देशभर ५० वटा चार्जिङ स्टेशन बनाउने काम भइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे निःशुल्क जडान गरिदिने समेत बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२