close

यूएसबी पोर्ट बिनाको कार बेच्दै टेस्ला, यस्तो छ कारण

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १३:४४

यूएसबी पोर्ट बिनाको कार बेच्दै टेस्ला, यस्तो छ कारण

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले यूएसबी पोर्ट बिना नै केही कार बिक्री गरेको पाइएको छ । केही प्रयोगकर्ताले आफूले किनेको कारमा यूएसबी पोर्ट नभएको तथ्य सार्वजनिक भएपछि यो खबर बाहिरिएको हो ।

टेस्लाले भने चिप अभावका कारण केही कारमा यूएसबी पोर्ट नराखी बिक्री गरेको कारण दिएको छ । टेस्लाको मोडल थ्रीएस र वाईएसमा यस्तो यूएसबी पोर्ट नरहेको देखिएको हो ।

एक जना ग्राहकले माइक्रो ब्लगिङ साइट रेडिटमा लेख्दै आफूले किनेको टेस्लाको सेन्टर कन्सोलमा र पछाडिको सिट नजिकै यूएसबी सी पोर्ट नरहेको उल्लेख गरेका छन् । केही ग्राहकले भने टेस्लामा हुने वायरलेस चार्जरले काम नगरेको दाबी गरेका छन् ।

केही ग्राहकले कार किन्नुअघि टेस्लाले आफ्नो कारमा यूएसबी सी पोर्ट नभएको जानकारी आफूलाई नदिएको गुनासो समेत गरेका छन् । अहिले यूएसबी पोर्ट बिना बिक्री भएको कारणमा डिसेम्बरभित्र पोर्ट राखिदिने प्रतिबद्धता टेस्लाले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२