close

नेपालमै अन्तर्राष्ट्रिय स्तरको आईटी तालिम दिँदै ‘इन्टरनेसनल स्कुल फर स्किल्स’

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १७:१५

नेपालमै अन्तर्राष्ट्रिय स्तरको आईटी तालिम दिँदै ‘इन्टरनेसनल स्कुल फर स्किल्स’

काठमाडौं । अब नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरका आईटी तालिम लिन सकिने भएको छ । इन्टरनेसनल स्कुल फर स्किल्स (आईएसएस) ले सोमबारदेखि नेपालमा आफ्नो सेवा सुरु भएको घोषणा गरेको हो ।

आईएसएसले नेपालमा लेभल फोर सर्टिफिकेट ईन आईटी, लेभल फाइभ डिप्लोमा ईन आईटी, लेभल सिक्स प्रोफेसनल ग्र्याजुएट डिग्री इन आईटीसहितका ब्रिटिश कम्प्युटर सोसाइटीले प्रदान गर्ने तालिम उपलब्ध गराउनेछ ।

यी तालिम नेपालमा रहेका माध्यामिक तहभन्दा माथिका विद्यार्थीसहित आईटी तथा आईटी बाहेकका अरु कुनै संस्थामा काम गरिरहेका व्यक्तिका लागि ल्याइएको कम्पनीले जनाएको छ ।

विद्यार्धीले सफ्टवेयर डेभलमेन्ट, नेटवर्किङ तथा इन्फर्मेसन सिस्टमको अध्ययन लेभल फोरमा गर्न पाउनेछन्  ।

आईएसएसले नेपालमा ‘ई-जाँच’ नामक परीक्षा गराउने प्रविधि पनि ल्याएको छ ।

ई-जाँचमा एआई प्रविधि प्रयोग गरिएको छ । जुन विश्वभर अपनाइदै गरिएका प्रविधिहरू समावेश गरेर तयार पारिएको सफ्टवेयर हो । कर्पोरेटसहित विभिन्न शैक्षिक संस्थाले परीक्षा सञ्चालनका लागि यसको प्रयोग गर्न सक्नेछन् ।

नेपालको भूगोल र प्रविधिको आधारमा ई-जाँचको विकास गरिएको बताइएको छ । इन्टरनेटको सीमित स्पिडका कारण आउनसक्ने समस्यालाई समेत यसले समाधान गर्ने कम्पनीको दाबी छ ।

आईएसएसले नेपालमै पहिलो पटक केपीएमजीसँग सम्झौता गरी विश्वस्तरीय तालिम कार्यक्रमहरू पनि ल्याउने जनाएको छ । जसमा बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्रामसमेत रहेको छ ।

कर्मचारी, विद्यार्थी र उद्यमीका लागि यो कार्यक्रम नेपाल ल्याउन लागिएको कम्पनीले जनाएको छ । डिजाइन थिंकिङ एण्ड इनोभेसन, सर्भिस  डिजाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्राक्टिस्नर तथा लिनसिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिम समेत उपलब्ध गराइने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३