close

फेसबुकमार्फत नाबालिकासँग नग्न तस्वीर माग्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १५:५०

फेसबुकमार्फत नाबालिकासँग नग्न तस्वीर माग्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना आरोपीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको भन्दै साइबर अनुसन्धान ब्युरोको टोलीले काठमाडौं महानगरपालिका भोटेबहाल बस्ने २० वर्षे लव खड्कीलाई बिहीबार पक्राउ गरेको हो ।

इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरूलाई साथी बनाई डर तथा धाकधम्की देखाउँदै नग्न तस्वीर तथा भिडिओ पठाउन लगाएर दुःख हैरानी दिने गरेको आरोप खड्की माथि लागेको छ ।

सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्र हत्या गरेको पाइएपछि उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिमा पक्राउ गरेको हो । अदालतकै आदेशमा ब्युरोले पाँच दिनको म्याद थप गरी आरोपित खड्की माथि अनुसन्धान अगाडि बढाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३