close

वीर अस्पताललमा अब मोबाइलबाटै ओपीडी टिकेट काट्न सकिने, बिरामीलाई यस्ता छन् सुविधा

टेकपाना टेकपाना

मंसिर ४, २०७८ ९:५१

वीर अस्पताललमा अब मोबाइलबाटै ओपीडी टिकेट काट्न सकिने, बिरामीलाई यस्ता छन् सुविधा

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका बिरामीले अब मोबाइल एपबाटै ओपीडी टिकेट काट्नसक्ने भएका छन् । हालै अस्पतालले मिदास टेक्नोलोजी प्रालिसँगको सहकार्यमा वीर हस्पिटल- बुक अपोइन्टमेन्ट नामक एप प्रयोगमा ल्याएको छ ।

अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी यस्ताे व्यवस्था मिलाइएको हाे ।

अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा प्रयोगकर्ताले सजिलै रजिस्ट्रेसन गरी आफू वा परिवार र साथीभाइका लागि अपोइन्टमेन्ट बुक गर्न मिल्ने सुविधा दिइएको छ ।

एपबाटै अस्पतालमा उपलब्ध २३ भन्दा बढी विभागमा उपलब्ध डक्टरको सूची हेरी आफूले चाहेको डक्टर र समय एपबाटै बुक गर्न सकिनेछ ।

एप प्रयाेगकर्ताले ३० रुपैयाँमै ओपीडी टिकेट काट्न सक्नेछन् । यसका लागि आईएमी पे, ईसेवा र खल्तीमध्ये एक भुक्तानी माध्यमको प्रयोग गर्न सकिनेछ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३