close

सवारी चालकलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँदै बेलायत

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १०:३४

सवारी चालकलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँदै बेलायत

काठमाडौं । बेलायत सरकारले सवारी चलाउँदा मोबाइलबाट फोटाे तथा भिडिओ खिच्न प्रतिबन्ध लगाउने भएको छ ।

यसअघि नै आपतकालीन अवस्थामा बाहेक गाडी चलाउँदा फोन प्रयोग गरेर कल गर्न तथा म्यासेज पठाउन प्रतिबन्ध लगाइएको थियाे ।

सन् २०२२ बाट थप कडाइ गर्दै सरकारले सवारीका क्रममा माेबाइल प्रयोग गरेर फोटाे तथा भिडियो खिच्न तथा गेम खेल्नत प्रतिबन्ध लगाएको छ । यदि चालकले नियम उल्लंघन गरेमा दुई सय यूरो जरिवाना गरिनेछ ।

पछिल्लो समय सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेसँगै बेलायतले यस्ताे नियम लागू गर्ने तयारी गरेको हाे ।

बेलायतका यातायात विभागका सचिवका अनुसार चालकले यात्राको क्रममा मोबाइलमा गेम खेलेकाे तथा फोटा खिचेको सहजै पहिचान गरिनेछ ।

यसबाट यात्रुका साथै चालकको सुरक्षामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३