close

ट्याक्सी चालकका लागि निःशुल्क दन्त शिविर

टेकपाना टेकपाना

मंसिर ६, २०७८ ८:३८

ट्याक्सी चालकका लागि निःशुल्क दन्त शिविर

काठमाडौं । ट्याक्सी चालकको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा जाउलाखेलमा शनिवार दन्त शिविर आयोजना गरेको हो ।

सो दन्त शिविरमा सयभन्दा बढी ट्याक्सी चालकको दन्त परीक्षण गरिएको थियो । मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकलाई सुविधा दिने उद्धेश्यले विभिन्न सामाजिक काम गर्दै आएकोमा पछिल्लाे पटक दन्त शिविर सञ्चालन गरेको हो ।

मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले आगामी दिनमा मासिकरुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए ।

सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो ।

शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका संचालक डा. सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकले परीक्षण तथा सेवा प्रदान गरेका थिए ।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध छ ।

मेट्रो अनलाइन ट्याक्सीमा ५ हजारभन्दा धेरै ट्याक्सी समावेश छन्, जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको कम्पनीकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२