close

विद्युतीय बाइक बनाउने पोखरेललाई ५१ हजार नगद पुरस्कार

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १२:५३

विद्युतीय बाइक बनाउने पोखरेललाई ५१ हजार नगद पुरस्कार

काठमाडौं । व्याक गेयर सहितको विद्युतीय मोटरसाइकल बनाएका अर्घखाँचीका सागर पोखरेललाई उनी अध्ययनरत नवीन ‍औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले नगद पुरस्कार प्रदान गरेको छ ।

कक्षा १२ मा सिभिल इन्जिनियरिङ पढिरहेका पोखरेललाई विद्युतीय मोटरसाइकल निर्माण गरेको अवसरमा विद्यालयले आज एक कार्यक्रमका बीच ५१,००० रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।

उनले विद्यालयकै प्राङ्गणमा आफ्नो विद्युतीय मोटरसाइकलको टेस्ट ड्राइभ पनि गरेर देखाएका थिए ।

एक लाख १० हजार रुपैयाँ लगानीमा बनेको यो मोटरसाइकल एक पटक फूल चार्ज भएपछि १०० किलोमिटर सम्म गुड्न सक्छ ।

आइरन बडी भएको यो मोटरसाइकलमा ७५० वाट को BLDC48v गेयर मोटर प्रयोग भएको छ, जसको क्षमता प्रतिमिनेट ४५० आरएमपीको रहेको छ ।

त्यस्तै ३२.५ एएमपी भएको १२ भोल्टको ब्याट्री चारवटा सिरिजमा प्रयोग गरेर ४८ भोल्टको ब्याट्रि प्रयोग भएको छ ।

    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२