close

१७ अर्ब डलर खर्चेर अमेरिकामा अत्याधुनिक चिप प्लान्ट खोल्दै सामसङ

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १७:१५

१७ अर्ब डलर खर्चेर अमेरिकामा अत्याधुनिक चिप प्लान्ट खोल्दै सामसङ

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकाको टेक्ससमा करिब १७ अर्ब डलर खर्चेर अत्याधुनिक चिप प्लान्ट निर्माण गर्ने घोषणा गरेको छ । 

सामसङले स्थापना गर्ने यो प्लान्टले कम्तिमा पनि १ हजार ८ सय रोजगारी सिर्जना गर्नेछ । सामसङको इलेक्ट्रोनिक्स डिभाइस सोलुसन डिभिजनका उपाध्यक्ष किनाम किमका अनुसार यो प्लान्टले अहिले विश्वमा देखिएको सेमिकन्डक्टरको अभावको समस्या समाधानको लागि योगदान गर्नेछ । 

आगामी वर्षदेखि प्लान्ट निर्माणको काम सुरु हुने र सन् २०२४ देखि यसले उत्पादन थाल्ने सामसङले जनाएको छ । यो प्लान्टबाट उत्पादित सेमिकन्डक्टर सामसङले आफ्नो उत्पादनमा प्रयोग गर्नुका साथै अन्य कम्पनीलाई पनि बिक्री गर्ने बताइएको छ । अमेरिकामा प्लान्ट स्थापनाको लागि अमेरिकी सरकारले सामसङलाई केही सहुलियत पनि दिएको बताइएको छ । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार यो प्लान्ट स्थापना राखेबापत कम्पनीलाई यो प्लान्टबाट उत्पादित चिपमा सुरुवाती १० वर्षमा ९० प्रतिशत कर छुटको प्रस्ताव गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२