close

के तपाईंलाई थाहा छ किन बनाइएको थियो बिटक्वाइन ?

टेकपाना टेकपाना

मंसिर ९, २०७८ ११:१५

के तपाईंलाई थाहा छ किन बनाइएको थियो बिटक्वाइन ?

काठमाडौं । विभिन्न देशहरूमा गैरकानूनी रहँदा समेत क्रिप्टोकरेन्सीको लोकप्रियता पछिल्लो केही समयमा निकै उछालिएको छ । त्यसैले कयौँ व्यक्तिले यसमा लगानी गरिरहेका थिए । तर अब भने क्रिप्टोकरेन्सीको मूल्य लगातार रुपमा घट्दैछ ।

यसको कारणको रुपमा क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सी सम्बन्धी नियमनकारी व्यवस्थाहरूलाई मानिएको छ । बजारको उतार चढावको यो विषयभन्दा बाहिर गएर आज हामी तपाईंलाई क्रिप्टोकरेन्सीको सुरुवात तथा यसलाई बनाउनुको कारणको  विषयमा चर्चा गर्दैछौँ ।

बिटक्वाइन विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी हो । यो करेन्सी लगानीकर्ताको पहिलो रोजाइमा हुने गर्दछ । वर्षैपिच्छे यसले लगानीकर्ताको विश्वास जितेको छ । तर बिटक्वाइनका सर्जकलाई अहिलेसम्म कसैले देखेको भने छैन ।

यो डिजिटल करेन्सी सन् २००८ मा बनाइएको थियो । ओपन सोर्स सफ्टवेयरको रुपमा यसलाई सन् २००९ मा सार्वजनिक गरियो । बिटक्वाइन बनाउनेको नामको प्रसंग आउँदा सातोसी नाकामोतो नामलाई सम्झिने  गरिन्छ ।

तर यो नाम कुनै व्यक्तिको हो वा समूहको भन्ने पनि यकिन छैन । सन् २००८ मा बिटक्वाइनसँग जोडिएको एउटा प्राज्ञिक श्वेतपत्र सार्वजनिक भएको थियो । जसको शीर्षक ‘बिटक्वाइनः अ पियर-टु-पियर इलेक्ट्रोनिक क्याश सिस्टम’ राखिएको थियो ।

जसअनुसार यसलाई डिजिटल करेन्सी अर्थात डिजिटल मुद्रा भनिएको छ । यसमाथि कुनै पनि सरकारको नियन्त्रण हुने छैन र यसमा हस्तक्षेप गर्न सक्दैनन् । सन् २००९ मा यो सफ्टवेयर रिलिज हुँदा बिटक्वाइन नेटवर्क सार्वजनिक गरिएको थियो ।

आजको समयमा यो सफ्टवेयर ओपन सोर्स रहेको छ र जसले पनि यसलाई हेर्न वा यसमा योगदान दिन सक्छन् । बिटक्वाइन तीन ओटा सिद्धान्तमा रहेर काम गर्दछ । यो माग र आपूर्ति, क्रिप्टोग्राफी र केन्द्रिकृत नेटवर्कमा सञ्चालन हुन्छ ।

यहाँनिर ध्यान दिनुपर्ने विषय के छ भने सन् २००८ मा आर्थिक मन्दी पछि डिजिटल करेन्सीको आइडिया ल्याइएको थियो ।  यो डिजिटल करेन्सी वस्तु तथा सेवा विनिमय मूल्यका लागि समेत परिचित छ । बिटक्वाइन करेन्सी ब्लकचेन प्रविधिमा काम गर्दछ ।

यसलाई व्यापक कम्प्युटिङ सिस्टको माध्यमबाट माइनिङ वा उत्पादन गरिन्छ । यद्यपि यो निकै कठिन प्राविधिक प्रक्रिया हो । त्यसका लागि इन्टरनेटका साथै निकै उच्च विद्युत पावर सप्लाइ आवश्यक पर्दछ ।

यसको मूल्य धेरै हुनुको कारण बिटक्वाइन सीमित सङ्ख्यामा मात्रै उपलब्ध छ । अहिले कयौँ कम्पनी भुक्तानीको रुपमा बिटक्वाइन स्वीकार गर्न थालिसकेका छन् ।  तर नेपाल लगायतका कयौँ मुलुकमा यो प्रतिबन्धित छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२