close

एलन मस्ककी पूर्व प्रेमिका भन्छिन्ः अब मलाई फेमस हुन पुगिसक्यो

टेकपाना टेकपाना

मंसिर ९, २०७८ १४:५६

एलन मस्ककी पूर्व प्रेमिका भन्छिन्ः अब मलाई फेमस हुन पुगिसक्यो

काठमाडौं । क्यानडियन गायिका तथा गीतकार क्लेयर एलिस बुचरले सामाजिक सञ्जालको डरलाग्दो प्रभावलाई लिएर अब आफूलाई फेमस हुने कुनै रहर नभएको बताएकी छन् ।

टेस्ललाका मालिक तथा सीईओ एलन मस्कसँगको प्रेम सम्बन्ध विछेद पश्चात उनी अनलाइन ट्रोलको सिकार बनेकी थिइन् । त्यसैलाई लिएर उनले ट्वीट गर्दै अब फेमस हुने रहर नरहेको बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा हुने ट्रोलले अपमानजनक सम्बन्धको विकास गरिदिएको भन्दै फेमस हुनुमा कुनै रहन बाँकी नरहेको बताइन् ।

‘म मा अब फेमस हुने कुनै रहर बाँकी छैन,’ उनले भनेकी छन्, ‘मेरो पेसाले मलाई सामाजिक सञ्जाल माग्छ । तर, यहीबाट दैनिक मेरा सम्बन्धको विषयलाई लिएर कयौं पटक अपमान बेहोर्नु परेको छ । यसले मलाई आफ्नो पेसामा लाग्न समेत असफल बनाइ रहेको छ ।’

उनले गरेको उक्त पोस्टमा १८ हजारको हाराहारीमा लाइक आएको छ । भने, धेरै जसोले उनलाई प्रोत्साहन गर्दै आफ्नो काममा निरन्तर लाग्नका लागि समेत प्रेरित गरिरहेका छन् । भने, कतिपयले नकारात्मक कमेन्टलाई व्यवस्था गर्दै अघि बढ्न समेत आग्रह गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२