close

अब अनलाइनबाटै लेखा परीक्षण गरिने

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १०:१५

अब अनलाइनबाटै लेखा परीक्षण गरिने

काठमाडौं । महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा परीक्षण गर्ने  भएको  छ  ।  परम्परागत  हस्त  लिखित  (म्यानुअल)  प्रणालीलाई  पूर्ण  रूपमा  विस्थापन  गरेर अनलाइन  प्रणाली  कार्यान्वयनमा  ल्याउन  लागिएको कार्यालयले जनाएको छ ।

विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत  प्रणालीमा  देखिएको  झन्झटबाट  मुक्ति मिल्ने र सेवा प्रवाह चुस्त हुने विश्वास लिइएको  महालेखा  परीक्षक  टङ्कमणि  शर्मा  दङ्गालले बताए ।

उनले  भने, ‘अहिले  पनि  हाम्रो  लेखा  परीक्षणको काम अन्तर्राष्ट्रियस्तरको छ । आउने दिनमा पनि कार्य सम्पादनमा कमी हुन दिने छैनौँ । सूचना प्रविधिको प्रयोगले झन् सहज बनाउनेछ ।’

कार्यालयले  लेखा  परीक्षण  कार्यलाई  प्रभावकारी  बनाउन  छ  वर्षे  कार्ययोजना  बनाएर  कार्यान्वयनमा ल्याइसकेको छ । शर्माका अनुसार अबदेखि लेखा परीक्षणको योजनादेखि प्रतिवेदन लेखनसम्मको  काम  सूचना  प्रविधिबाटै  हुनेछ  ।  

कार्यालयबाट  हरेक  वर्ष  छ  हजार  कार्यालयको  लेखा परीक्षण हुँदै आएको छ । यी सबै काम अहिले केन्द्रीय कार्यालयबाट हुँदै आएका छन् ।

-गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२