close

भारतमा एलन मस्कको स्टारलिंकलाई झट्का, अनुमतिबिना इन्टरनेट बिक्रीमा लगाइयो रोक

टेकपाना टेकपाना

मंसिर १२, २०७८ ११:४८

भारतमा एलन मस्कको स्टारलिंकलाई झट्का, अनुमतिबिना इन्टरनेट बिक्रीमा लगाइयो रोक

काठमाडौं । भारत सरकारले एलन मस्कको स्याटेलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकलाई इन्टरनेट विस्तार तथा बिक्रीमा रोक लगाएको छ । भारतको दूरसञ्चार क्षेत्रको नियामक निकाय ‘भारतीय दूरसञ्चार विनियामक प्राधिकरण’ ले स्टारलिंकलाई इन्टरनेट सेवा प्रदायकको अनुमति नलिएसम्म सेवा विस्तार नगर्न निर्देशन दिएको हो ।

स्पेसएक्सले यही नोभेम्बर १ बाट भारतमा स्पेस डिभिजनको नाममा व्यवसाय दर्ता गर्दै इन्टरनेटको प्री अर्डर खुल्ला गरेको थियो । हालसम्म सर्भिस उपलब्ध नभएता पनि पाँच हजार भन्दा बढीले प्री अर्डर गरिसकेको जनाइएको छ । यस्तो नियामकले भने स्टारलिंकले इन्टरनेट सेवा प्रदायकको अनुमति नलिएको बताएको हो ।

साथै नियामकले तत्कालै स्टारलिंकको कुनै पनि सर्भिस नलिन समेत सबैलाई आग्रह गरेको छ । यो विषयमा कम्पनीले भने कुनै जानकारी दिएको छैन् ।

अहिलेसम्म २१ ओटा देशमा पब्लिक बेटाको रुपमा सेवा सुरु गरेको स्टारलिंकले सन् २०२२ को अन्त्यसम्म भारतमा दुई लाख ग्राहक बनाउने योजनाका बनाएको छ । जसमा भारतको ग्रामीण क्षेत्र स्टारलिंकका लागि सबैभन्दा ठुलो बजारको रुपमा हेरिएको छ । भारतको ग्रामीण भेग जहाँ इन्टरनेटको पहुँच पुगेको छैन उक्त स्थानमा ८९ करोड ८० लाख भन्दा मानिस बसोबास गर्ने विश्व बैंकको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२