close

के हो ‘ब्ल्याक फ्राइडे’ ?, यस्तो छ यो वर्षको तथ्याङ्क

टेकपाना टेकपाना

मंसिर १३, २०७८ २२:१३

के हो ‘ब्ल्याक फ्राइडे’ ?, यस्तो छ यो वर्षको तथ्याङ्क

काठमाडौं । ब्ल्याक फ्राइडे र नोभेम्बर ११ अनलाइन बिक्रीको लागि निकै चर्चित छन् । ब्ल्याक फ्राइडेमा विभिन्न सामानहरु छुटसहित बिक्री गर्ने चलन अमेरिकाबाट सुरु भएको हो भने नोभेम्बर ११ मा छुटसहित सामान बिक्री गर्ने चलन चिनियाँ ई–कमर्स कम्पनी अलीबाबाले सुरुवात गरेको हो ।

फरक फरक देशबाट सुरु भएका ब्ल्याक फ्राइडे र नोभेम्बर ११ अहिले विश्वका धेरै देशहरूमा चर्चित छन् । ब्ल्याक फ्राइडे नोभेम्बर महिनाको अन्तिम शुक्रबारको दिन  मनाइन्छ ।

शपिङका लागि चर्चित यी दुवै पर्वमा अनलाइनमार्फत हुने कारोबारले हरेक वर्ष रेकर्ड नै बनाउँछ । तर, यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत भएको कारोबार घटेको छ ।

बजार सम्बन्धी तथ्याङ्क प्रदान गर्ने एडोबी एनालाइटिक्सका अनुसार यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत ८ अर्ब ९० करोड डलर रकम अनलाइनमार्फत भुक्तानी भएको छ । यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत भएको भुक्तानी गत वर्षको भन्दा कम भएको एडोबी एनालाइटिक्सको तथ्याङ्क छ । गत वर्ष यो दिनमा अनलाइनमार्फत मात्रै ९ अर्ब डलर बराबरको किनबेच भएको थियो ।

यो वर्ष धेरै स्टोरहरूले ब्ल्याक फ्राइडे आउनु अघि नै छुट घोषणा गरी सामान बिक्री गर्न थालेकाले ब्ल्याक फ्राइडेका दिन अनलाइनमार्फत भएको भुक्तानी कमी देखिएको हुन सक्ने एडोबी एनालिटिक्सको विश्लेषण छ ।

यो बाहेक कोभिड–१९ का कारण विश्वभर नै देखिएको सामान अभावका कारण पनि यो वर्ष अनलाइनमार्फत हुने भुक्तानी कमी भएको हुन सक्ने एडोबी एनालिटिक्सको विश्लेषण छ ।

यो वर्ष ब्ल्याक फ्राइडेमा भएको अनलाइन खरिदबिक्रीमध्ये ४४.४ प्रतिशत खरिदबिक्री स्मार्टफोनमार्फत भएको तथ्याङ्क छ । यो गत वर्षको तुलनामा १०.६ प्रतिशतले बढी हो ।

यो वर्ष ब्ल्याक फ्राइडेमा निन्टेन्डो स्वीच र मेटा क्वेस्ट टू (पहिला अकुलस नाम रहेको), एययरपोड,  आइप्याडको बिक्री बढी भएको तथ्याङ्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२